News Portal

  • साउनको सुरुवात संगै म्याग्दीको प्रसिद्ध गलेश्वरधाममा भक्तजनको भीड

    दिनेश विकल्प२०८१ साउन ७
    ९२ पटक

    म्याग्दी । म्याग्दीको बेनी नगरपालिका–९, गलेश्वरमा रहेको गलेश्वरधाममा साउन महिनाको पहिलो सोमबार पुजा अर्चना तथा दर्शनका लागि बिहान चार बजे देखिनै भक्तजनको भिड लागेको छ ।

    म्याग्दी स्थित गलेश्वर मन्दिर ९ रोपनी क्षेत्रफलको एउटै बिशाल चक्रशिलामा अवस्थीत गलेश्वरधाममा स्वउत्पन्न ज्योर्तिलिङ्गको पुजा अर्चना गर्नका लागी भक्तजनहरु टाढाटाढा बाट आउने गरेका छन ।

    क्षेत्र विकास कोषले दिएको जानकारी अनुसार बिहान ४ बजे अगाबै बाट पुजा पाठका लागि भक्तजनहरु मन्दिरमा आइपुगेका थिए । गलेश्वर शिवालय क्षेत्र विकास कोषका अध्यक्ष माधवप्रसाद रेग्मीले दिएको जानकारी अनुसार बिहान नित्यपुजा पछि भक्तजनका लागि पाँच बजे भन्दा पनि पहिलाबाट नै मन्दीर खुला गरिएको हो ।

    मन्दीरका मुल पुजारी चन्द्रमणी आचार्यले सबै नित्य पुजा सकेर बिहान पाँच बजे भन्दा पनि अगाडी नै भक्तजनलाई मन्दिर दर्शनका लागि व्यवस्थापन गरिएको बताएका छन । उहाँले भन्नुभयो’गलेश्वरमा हुने नियमित पुजा पछि भक्तजनको पुजाका लागि मन्दिर खुल्ला गरीने’ र त्यो कार्यजति सक्यो चाँडो सकेर भक्तजनको सुविधाका लागि आवश्यक प्रवन्ध मिलाइएको हो ।

    जिल्ला प्रहरी कार्यालय म्याग्दीका सूचना अधिकारी राजन रायमाझीले मन्दिरमा दर्शनका लागि आउने भक्तजनहरुका लागि शान्ति सुरक्षाको व्यवस्थापन चुस्त पारीएको बताएका छन ।

    बाहिरबाट मन्दिरको मुल गेटबाट प्रवेश गरे पछि लामबद्ध भएर अगाडी बढेर गणेशको पुजा पछि शिवजीको पुजाका लागि आवश्यक प्रवन्ध मिलाइएको शिवालय क्षेत्र विकास कोषका कार्यालय सचिव रामबहादुर बानियाँले जानकारी दिएका छन । उहाँका अनुसार शिवालयको कार्यालय नजिकै स्वास्थ्य हेल्पडेस्क राख्नुका साथै आवश्यक सूचना समन्वयका लागि पनि आवश्यक प्रवन्ध मिलाइएको छ ।

    गलेश्वरमा साउनका हरेक सोमबार भक्तजनको घुइचो लाग्ने गर्दछ । गलेश्वर शिवालयमा साउनका सोमबार तथा महाशिवरात्री र बालाचतुर्दशीमा पनि भक्तजनहरुको घुइचो लाग्ने गर्दछ

    प्रतिकृया दिनुहोस्