News Portal

  • आज नेपालमा २१ औं धान दिवस मनाईदै

    दिनेश विकल्पबिहिवार ,असार १५,२०८१
    ७९ पटक

    काठमाडौँ । आज असार १५ गते, राष्ट्रिय धान दिवस, विसं २०६१ मङ्सिर २९ गते मन्त्रिस्तरीय निर्णय गरी २०६२ साल असार १५ गतेदेखि राष्ट्रिय धान दिवस मनाउन थालिएको हो ।

    नेपाल एक कृषिप्रधान देश हो ।कृषि प्रधान देश भएकाले नेपालका अधिकांश जनताहरुको मुख्य पेशा खेतीपाती नै हो । मानो खाएर मुरि उब्जाउने महिना किसान वर्ष भरिका लागि छाक जुटाउन यो महिना खेतिपातिमा व्यस्त हुन्छन् । आजका दिन असारे भाकामा असारे गीत गाउँदै छुपुछुपु हिलोमा धान रोपिन्छ । असारमा एकपटक हिलोमा पस्नै पर्ने मान्यता पनि नेपालीमा समाजमा रहेको छ ।

    यस वर्ष असार मध्यसम्म पनि पर्याप्त मात्रामा वर्षा नभएका कारण हुनुपर्ने जति धान रोपाइँ हुन सकेको छैन । कति ठाउँमा रासायनिक मलको पनि अभाव भएको गुनासो किसानले गर्ने गरेका छन् ।

    कृषि तथा पशुपन्छी विकास मन्त्रालयले भने पर्याप्त मात्रामा रासायनिक मलको मौज्दात रहेको जनाएको छ ।

    प्रतिकृया दिनुहोस्