News Portal

  • ‘लडाइँमा नहार्ने देश एउटा भकुण्डो नै हान्ने त हो नि । किन हार्ने ? : प्रधानमन्त्री ओली

    जनगर्जन संवाददाता
    ६७७ पटक

    काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले कुनैपनि खेल जित्नका लागि खेल्नुपर्ने बताएका छन् । राष्ट्रिय खेलकुद परिषद्ले मंगलबार काठमाडौमा आयोजना अन्तरक्रियालाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले खेलमा हारजितको ठूलो महत्व रहने भन्दै कहिल्यै नहारेको देशले नेपालले खेल पनि जित्नकै लागि खेल्नुपर्ने बताए ।

    ‘लडाईमा नहार्ने देश यत्रायत्रा डल्लासँग किन हार्नै ? खेल भन्या केहो ? एउटा भकुण्डो नै हान्ने त हो नि । किन हार्ने ? क्रिकेटमा एउटा बल हान्ने हो त्यसमा किन हार्ने ? सितेरियो, कराँते, कम्फु र भारत्तोलन, किन हार्ने ?’ अशान्ति जीत र हारका आधारमा हुने भन्दै उनले भने,‘संसद भंग भईसक्यो चुनाव हुन लागिसक्यो, हुनुहुदैन भनेर कराईरहेका छन् त्यो जीतका लागि हो ।’

    प्रधानमन्त्री ओलीले जितका लागि अतिआवश्यक,अपरिहार्य र न्युनतम आवश्यकता परिपुर्ति गर्ने गरि सरकारले खेल क्षेत्रलाई सहयोग गर्ने प्रतिवद्धता समेत जनाए । पछिल्लो समय आवश्यक सामान किन्नका लागि नभई राम्रो देखिएको सामान किन्नका लागि ‘सपिङ’मा निस्कने चलन देखिएको भन्दै उनले भने, ‘चाहिएको कपडा÷सामान किन्नका लागि होइन, राम्रो देख्यो उठायो । सरकारले सपिङका लागि होइन,चाहिएको सामान किन्नका लागि सहयोग गर्न सक्छ । गच्छेअनुसारको सहयोग गर्छ । अगामी बर्ष पहिलेको बजेट भन्दा बढेर आउँछ ।’

    त्यस क्रममा प्रधानमन्त्रीले राष्ट्रिय खेलकुद परिषद्लाई अन्तराष्ट्रिय खेलकुद प्रतियोगितामा सहभागी हुने खेलाडी छनौट गर्दा पक्षधरता बिना छनौट गर्न सुझाव समेत दिए । पक्षधरता विना नै प्रशिक्षक छनौट गर्ने काम परिषद्को भएको र प्रशिक्षक एवं खेलका लागि खेलाडी चयन गर्दा स्वर्ण पदकलाई मात्रै प्राथमिकतामा राख्नुपर्ने प्रधानमन्त्री ओलीको भनाई छ ।

    प्रतिकृया दिनुहोस्