News Portal

प्रथम माननीय कप क्रिकेटको उपाधि वडा नम्बर ८ लाई

खगेन्द्र दाहाल२०८२ जेठ ९
४१ पटक

नेपालगन्ज: नेपालगन्जमा जारी अन्तर वडा स्तरीय प्रथम माननीय कप क्रिकेट प्रतियोगिताको उपाधि नेपालगन्ज उपमहानगर पालिका – ८ ले उचालेको छ ।
नेपालगन्ज उमहानगरपालिका ८ र जानकी गाउँ पालिका ३ बीच भएको फाइनल खेलमा नेपालगन्ज – ८ विजयी बनेको हो । फाइनल जितेर नगद एक लाख सहित ट्रफि मेडल र प्रमाणपत्र हासिल गरेको थियो ।

फाइनल खेलमा टस जितेर ब्याटिङ रोजेको जानकी गाउँपालिका वडा नम्बर ३ ले १०९ रन बनाउँदै ११० को लक्ष्य दिएको थियो । नेपालगन्ज वडा नम्बर ८ ले ९.२ ओभरमा ११० रन बनाउँदै विजयी भएको थियो । भेरी रकर्स स्पोर्ट्स क्लब नेपालगन्ज- ८ को आयोजना तथा लुम्बिनी प्रदेश सरकार अन्तर्गत रहेको सामाजिक विकास डिभिजन कार्यालयको आर्थिक सहयोगमा जेष्ठ २ गतेदेखि सुरु भएको प्रतियोगितामा १६ टीम सहभागी जनाएका थिए ।

प्रतियोगिताको फाइनलमा लुम्बिनी प्रदेशका प्रदेश सभा सदस्य अम्बिका काफ्लेले विजेता तथा उप विजेता टीमलाई पुरस्कार प्रदान गरेकी थिइन् । प्रदेश सभा सदस्य काफ्लेले नेपालगन्जमा क्रिकेट खेल खेल्नका लागि मैदान र स्टेडियम निर्माणको लागि पहल गर्ने प्रतिबद्धता जनाइन् । उनले दुई वर्ष भित्र मैदानको टुंगो लगाउने गरी काम गर्ने बताइन् ।

प्रतियोगिताको समापन कार्यक्रमा बोल्दै नेपालगन्ज उपमहनगरपालिका वडा नम्बर १० वडा अध्यक्ष कौशल धोबीले क्रिकेट खेल मैदानको आवयक्ता रहेको बताए । जग्गाको व्यवस्थापन आफूले गर्ने सरकारले त्यसको लागि बजेटको सुनिस्चितता गर्न आग्रह गरे । जानकी गाउँपालिका वडा नम्बर ३ का वडा अध्यक्ष राजकुमार वर्माले जानकीमा खेल सिक्न चाहिने मैदानको अभाव रहेको बताए । हरित अभियान्ता हेमन्तराज काफ्लेले खेलाडीको हौसलाको लागि सरकार गम्भीर बन्नुपर्नेमा जोड दिए ।प्रतियोगितामा खजुरा गाउँपालिकाको ६ टीम, नेपालगन्ज उपमानगरपालिकाको ९ टीम र जानकी गाउँ पालिकाको १ टीम सहभागी थिए ।

विजेता टीमले नगद १ लाख , उप विजेता टीमले ५० हजार सहित ट्रफि, मेडल, प्रमाणपत्र प्राप्त गरे ।
प्रतियोगितामा उत्कृष्ठ खेलाडी नेपालगन्ज ८ का खेलाडी सलमान सेख घोषित भए । सलमानले १० हजार नगद प्राप्त गरे । यस्तै उत्कृष्ट ब्याटम्यान वडा नम्बर ८ का सम्सुदिन् अन्सारी घोषित भए । उनले ५ हजार, उत्कृष्ट बलरका रुपमा जानकी ३ का राजकुमार वर्मा घोषित भए । वर्माले ५ हजार नगद प्राप्त गरे ।

oplus_0

प्रतिकृया दिनुहोस्