News Portal

  • जसपा फुटेपछि विप्लवले भने, ‘पार्टी फुट्नु दु:खद, समाजवादी माेर्चालाई भत्किन दिनुहुन्न’

    जनगर्जन संवाददाता२०८१ बैशाख २५
    ५३ पटक

    काठमाडौं – नेपाल कम्युनिस्ट पार्टीका महासचिव विप्लव सीले जनता समाजवादी पार्टी, नेपाल फुट्नु दु:खद भएकाे प्रतिक्रिया दिएका छन् । उपेन्द्र यादव नेतृत्वकाे जसपा फुट्नुमा साम्राज्यवादकाे हात रहेकाे बताउँदै याे निकै दु:खद भएकाे प्रतिक्रिया दिएका हुन् ।
    मंगलबार नेकपा मधेस प्रदेशमा पार्टी सुदृढीकरण तथा जनसम्बन्ध विस्तार अभियान उद्घाटन गर्दै विप्लवले समाजवादी माेर्च भने भत्किन नहुने बताए । समाजवादी माेर्चाका संयाेजकसमेत रहेका विप्लवले उपेन्द्र यादव नेपाल फर्किए लगत्तै माेर्चाकाे बैठक बस्दै यसलाई भत्किन नदिने उद्घाेष गरे ।
    विप्लवले समाजवादी माेर्चाले गति लिन खाेज्दा केही समस्या उत्पन्न भएकाे बताए ‌। माेर्चामा भर्खरै बनेकाे अशाेक राई नेतृत्वकाे पार्टीलाई पनि ल्याउनेबारे पनि फलफल गर्न सकिने बताए ।
    महाेत्तरीकाे बर्दिबासमा अभियान उद्घाटनसँगै राजनीतिक वैचारिक प्रशिक्षक कार्यक्रम पनि भएकाे थियाे । कार्यक्रममा नेकपा स्थायी समिति सदस्य तथा मधेस प्रदेश इन्चार्ज अनिल सीकाे अध्यक्षता रहेकाे थियाे । कार्यक्रममा उपस्थित सबैलाई नेकपा केन्द्रीय सदस्य रामकुमार सीले स्वागत मन्तव्यमार्फत स्वागत गरेका थिए भने कार्यक्रमको संचालन पवन सीले गरेका थिए ।

    प्रतिकृया दिनुहोस्