News Portal

  • स्रोत नखुलेको साढे १८ लाख रुपैयाँसहित एक जना प्रकाउ

    जनगर्जन २०८० चैत्र १८
    ३६ पटक

    चैत १८,काठमाडौं । स्रोत नखुलेको साढे १८ लाख रुपैयाँसहित चन्द्रागिरी नगरपालिका–२ नागढुंगाबाट १ जनालाई प्रहरीले पक्राउ गरेको छ ।

    पक्राउ पर्नेमा रुपन्देहीको तिलोत्तमा नगरपालिका–११ का २३ वर्षीय रिसब श्रेष्ठ छन् । उनलाई प्रहरी प्रभाग नागढुंगाबाट खटिएको टोलीले साढे १८ लाखसहित पक्राउ गरेको हो ।

    उनी लु २ ख ४५३५ नम्बरको बसका चालक रहेको प्रहरीले जनाएको छ । उक्त रकम तिलोत्तमा नगरपालिका–११ बस्ने ३७ वर्षीय देबेन्द्र न्यौपानेले काठमाडौं पुर्याउनु भनि दिएको श्रेष्ठले प्रहरीसमक्ष बयान दिएका छन ।

    प्रतिकृया दिनुहोस्