
चितवन । नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी (नेकपा) ले देशव्यापी धान रोपाइँ अभियानअन्तर्गत चितवनमा रोपाइँ सुरु गरेको छ।
पार्टीले चितवनको भरतपुर महानगरपालिका–२६, ज्योतिनगरस्थित २ बिगाहा क्षेत्रफलको खेतमा आइतबारदेखि धान रोपाइँ थालेको हो। कार्यक्रमको उद्घघाटन नेकपाका पार्टी प्रवक्ता एवं बागमती प्रदेश इन्चार्ज खड्गबहादुर विश्वकर्मा ‘प्रकाण्ड’सीले गरेका थिए।
उद्घघाटन समारोहमा बोल्दै प्रवक्ता प्रकाण्डले श्रम, उत्पादन र आत्मनिर्भरताको मार्गमा अघि बढ्न जरुरी रहेको बताए। उनले पार्टीलाई आत्मनिर्भर बनाउँदै देश निर्माणको अभियानलाई उत्पादनसँग जोडिएको बताए। “पार्टी नेतृत्वदेखि कार्यकर्ता तहसम्म श्रम र उत्पादनमा सक्रिय गराउने नीति अनुसार उत्पादन अभियानलाई अघि बढाइएको हो,” उनले भने।
पार्टीले आगामी दिनमा देशका अन्य भागहरूमा पनि यस्ता अभियानहरू सञ्चालन गर्ने जनाएको छ।