News Portal

  • नेकपा (एमाले) समाजवादी मोर्चामा सहभागी हुने कुरामा सकरात्मक

    जनगर्जन संवाददाता२०८० चैत्र ८
    ३४ पटक

    चैत ८,काठमाडौ । नेकपा (एमाले) चार दलिय समाजवादी मोर्चा नेपालमा सहभागी हुनेमा सकरात्मक देखिएको छ ।

    नेकपाका महासचिव विप्लव सी,प्रवक्ता प्रकाण्ड सी र नेकपा (एमाले) अध्यक्ष केपी शर्मा ओली बिच विहिवार साँझ ओली निबास बाल्कोटमा भएको भेटबार्तामा एमाले समाजादी मोर्चा नेपालमा सहभागी हुनेमा सकरात्मक देखिएको हो ।

    नेताहरु बिच समाजवादी मोर्चा नेपाल पछिल्लो राजनीतिक संकटको अग्रगामी निकासका लागि जरुरी मोर्चा भएको विषयमा गम्भीरता पूर्वक छलफल भएको छ ।

    छलफलपछि एमाले अध्यक्ष ओली पनि समाजवादी मोर्चाप्रति सकरात्मक देखिनु भएको नेकपाका प्रवक्ता प्रकाण्ड सीले जानकारी दिए ।
    समाजवादी मोर्चाका संयोजक समेत रहेका नेकपाका महासचिव विप्लव सीले नेपाल अत्यन्तै गम्भीर संकटको अवस्थामा पुगेको र अग्रगामी निकासका लागि नेपालमा रहेका सबै कम्युनिष्टहरु एकठाउँमा आउनुको विकल्प नभएको भन्दै समाजवादी मोर्चा आवश्यक भएको विचार राखेका थिए ।

    भेटवार्तामा नेताहरु बिच नेपालको पछिल्लो राजनीतिक परिस्थिति,अहिलेको गठबन्ध सरकार र आगामी सरकारको कार्यक्रमका विषयमा पनि छलफल भएको छ ।

    यस्तै नेताहरु बिच देशको राजनीतिक,आर्थिक,सामाजिक,सांस्कृति र स्वाधीनताका क्षेत्रमा निकै ठुलो समस्याहरु चुलिएको र राष्ट्रियता खतरामा परेको विषयमा गम्भीरता पूर्वक छलफल भएको छ ।

    नेकपाका महासचिव विप्लव र प्रवक्ता प्रकाण्डले अहिलको एमाले सहितको गठबन्धन सरकार सापेक्षिक रुपमा सकरात्मक भएपनि बरु यसले देश र जनताका मुद्धाहरुलाई विशेष ध्यान दिएर प्रभावकारी रुपमा काम गर्नेतिर लाग्नुपर्ने भन्दै एमाले अध्यक्षको ध्यानाकर्षण गराएका थिए ।दुबै पार्टीका शिर्ष नेताहरुले देश अप्ठेरोमा परेको बारे एकमत हुदै निकासका लागि अगाडि बढने र सहकार्य गर्ने समेत सहमति गरेका छन ।

    प्रतिकृया दिनुहोस्