News Portal

  • नेपाली विषेशताकाे समाजवाद नै वर्तमान संकटकाे अग्रगामी निकास हाे ।- नेता भेषराज सी

    जनगर्जन संवाददाता२०८० चैत्र ६
    १०७ पटक

    राजेन्द्र रावत क्षेत्री- नेपाली विषेशताकाे समाजवाद नै वर्तमान संकटकाे अग्रगामी निकास भएको नेता भेषराज सी ले बताएका छन् ।
    साेमवार नेपाल कम्युनिस्ट पार्टी पुर्वी प्युठान ले पार्टी कार्यालय जुम्रीमा अायाेजना गरेकाे अन्तर्क्रिया कार्यक्रममा पार्टीका पाेलिट व्युराे सदस्य तथा केन्द्रीय स्कुलिङ विभाग प्रमुख भेषराज सी ले “वर्तमान संकटकाे अग्रगामी निकास : नेपाली विषेशताकाे समाजवाद ” विषयक अवधारणा प्रस्तुत गर्दै यस्ताे बताएका हुन । उनले कार्यक्रममा नेपालकाे वर्तमान राष्ट्रिय संकट , राजनीतिक संकट, अार्थिक संकटहरु रहेकाे र त्यसकाे अग्रगामी निकास नेपाली विषेशताकाे समाजवाद नै एकमात्र विकल्प भएको बताएका छन् ।
    वैदेशिक हस्तक्षेपको अन्त्य असमान सन्धि सम्झाैताकाु खारेज र पञ्चशिल सिद्धान्तका अाधारमा मित्र राष्ट्रहरु संग दाैत्य सम्बन्ध स्थापित गर्नु , अाम सर्वसाधारण जनताकाे जीवनस्तर भाैतिक र साँस्कृतिक दुवै हिसाबले उन्नत बनाउनु , महिलालाई सुरक्षासहितकाे समान अधिकार , श्रमिक समुदायलाई सुरक्षासहितकाे विशेष सुविधा, अादिवासी जनजाति , मुस्लिमलाई समाजवादी संघियता, कर्णाली र सेती महाकालीलाई विशेष सुविधासहित सत्तामा समान सहभागीता सुनिश्चित गर्नु , किसानलाई जमिन, मजदुरलाई उचित ज्याला, यूवालाई राेजगारी, विद्यार्थीलाई बैज्ञानिक र जीवन उपयोगी शिक्षा , बैज्ञानिकलाई अनुसन्धानकाे अवसर , अशक्तलाई उपचार , सेना, प्रहरी तथा कर्मचारीलाई निष्पक्ष जिम्मेवारी प्रदान , उद्योगी व्यवसायीलाई सुरक्षासहितकाे प्राेत्साहन, मध्यम वर्गलाई सुरक्षा र सहयाेग नेपाली विषेशताकाे समाजवादकाे मुख्य विषेशता रहेकाे नेता भेषराज सी ले बताएका छन् ।
    अवधारणा पत्र माथि टिप्पणी राख्दै वर्तमान समयमा नेपालमा दलाल संसदीय व्यवस्था असफल भईसकेकाेले अवकाे समाधान र एकमात्र विकल्प भनेकै बैज्ञानिक समाजवाद भएको वक्ताहरूले विचार मन्तव्य व्यक्त गरेका थिए । कार्यक्रममा राष्ट्रिय जनमाेर्चाका प्रतिनिधि ध्रुव थापा , राष्ट्रिय स्वतन्त्र पार्टीका प्रमुख सुमन सुवेदी , प्युठान नगरपालिकाका पुर्व नगर प्रमुख अर्जुन कुमार कक्षपती , सहिद परिवार समाज प्युठानका अध्यक्ष झपेन्द्र शर्मा , अखिल नेपाल युवक संघ प्युठानका अध्यक्ष कमल पाैडेल र संयुक्त राजनीतिक दलित संघर्ष समितिका सचिव खुम बहादुर परियार लगायतले टिप्पणी राखेका थिए । नेकपा का केन्द्रीय प्रतिनिधि समिति सदस्य तथा प्युठानका पुर्व इन्चार्ज सुर्यप्रकाश सी काे स्वागत मन्तव्य संगै सुरु भएको कार्यक्रमकाे अध्यक्षता नेकपा का केन्द्रीय सदस्य तथा प्युठानका इन्चार्ज जागृति सी र केन्द्रीय प्रतिनिधि समिति सदस्य तथा पुर्वी प्युठानका सेक्रेटरी मुस्कान सी ले सन्चालन गरेका थिए

    प्रतिकृया दिनुहोस्