News Portal

  • नेकपाका महासचिव विप्लवलाई कालिकोटको कोटवाडामा भव्य स्वागत

    जनगर्जन संवाददाता२०८० फाल्गुण ३०
    १०० पटक

    बसन्त विक
    कालिकोट । नेपाल कम्युनिष्ट पार्टीका महासचिव विप्लव सीलाई कालिकोटको कोटवाडामा स्थानीय पार्टी र जनताले भव्य स्वागत गरेका छन ।

    बुधवार विहान कोटवाडाको चौथीकोट गाउँमा स्थानीय जनता र पार्टीले भव्य स्वागत गरेका हुन । नेकपाका महासचिव विप्लव सी बुधवार नरहरिनाथ गाउँपाालिका ३ कुमालगाउँमा हुने युवा संगठन नेपाल कालिकोटको चौथो जिल्ला सम्मेलनको उद्घाटन जनसभालाई सम्बोधन गर्न आउने क्रममा चौथीकोटमा भव्य स्वागत गरिएको हो ।

    महासचिव विप्लवलाई जनताले आफ्नो वास्तविक नेता गाउँमा आएको भन्दै स्थानीयवासीले दमाह तथा वाजा गाजा बजाउदै फुलमाला र अविरले भव्य स्वागत गरेका थिए ।

    महासचिव विप्लवसंग नेकपाका स्थायी समिति सदस्य भरत सी,पोलिट व्यूरो सदस्य आदर्श सी,असल सी लगायतका नेताहरुको सहभागीता रहेको छ ।

    आज दिउसो १ बजे युवा संगठन नेपालको चौथो जिल्ला सम्मेलनको महासचिव विप्लवले सम्वोधन गर्नेछन ।

    प्रतिकृया दिनुहोस्