News Portal

  • २९औं जनयुद्ध दिवसका अवसरमा रक्तदान

    जनगर्जन संवाददाता२०८० फाल्गुण १
    ७२ पटक

    विनोद खनाल, बुटवल
    नेपाल कम्युनिष्ट पार्टी रुपन्देहीले २९औं जनयुद्ध दिवसका अवसरमा रक्तदान तथा सम्मान कार्यक्रम सम्पन्न गरेको छ। आज फागुन १ गते देशैभर विभिन्न रचनात्मक कामहरु गर्दै जनयुद्ध दिवस मनाउने पार्टी केन्द्रको निर्णय अनुशार बुटवलको रक्तसंचार केन्द्रमा संचालित रक्तदान कार्यक्रममा …. युनिट रगत संकलन भएको छ।

    नेकपा पोलिटब्युरो सदस्य एवं पुर्वी लुम्बिनि ब्युरो ईन्चार्ज वसन्त सीको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा पाका अग्रज नेता प्रकाश सिंह राना लाई दोशल्ला ओढाई प्रमाणपत्र प्रदान गरि सम्मान गरिएको थियो।
    सो अवसरमा मन्तव्य राख्दै नेकपा नेता वसन्त सीले जनयुद्धलाई स्वीकार नगर्नु भनेको नेपालको ऐतिहासिक यथार्थतालाई अस्वीकार गर्नु हो भन्दै नेपाली जनयुद्ध सामाजिक जागरणको महान अभियान भएको दावी गरे । उनले केही संस्थागतिकरणमा देखिएका समस्याहरुलाई टेकेर जनयुद्धलाई अपराधिकरण गर्ने दुस्साहस नगर्न चेतावनि दिंदै ईतिहाको समीक्षा गरेर नयाँ ढंगले राष्ट्रीय सहमति कायम गर्दै नेपाली विशेषताको समाजबादका लागि अगाडी बढ्न जरुरी रहेको औंल्याए ।


    सो कार्यक्रममा केन्द्रीय सदस्य द्वय सरद सी र बिस्वास सीको नियमित रक्तदाता संघ नेपालका केन्द्रीय बरिष्ठ उपाध्यक्ष लेखनाथ भण्डारी, रक्त संचार केन्द्र बुटवलका प्राबिधिक चन्द्र झेंडी लगायतले सुभकामाना मन्तव्य राखेका थिए। जिल्ला सेक्रेटेरी बिरेन्द्र सीको अध्यक्षता दक्षीण जिल्ला सेक्रेटरी नवीन सीको स्वागत र जिल्ला सदस्य शिसिर सीको संचालनमा कार्यक्रम सम्पन्न भएको थियो ।

    प्रतिकृया दिनुहोस्