News Portal

  • चिनियाँ पक्षलाई लगानी गर्न उपराष्ट्रपति यादवले गरे आह्वान

    उपराष्ट्रपति यादव र चीनका विदेशमन्त्री वाङ यी बीच साइटलाइन भेटवार्ता

    जनगर्जन संवाददाता
    २०० पटक

     

    काठमाडौं । उपराष्ट्रपति रामसहाय प्रसाद यादवले नेपालमा चिनियाँ लगानीका लागि आग्रह गरेका छन् ।

    चीनको वाणिज्य मन्त्रालय र युनान प्रान्तले आयोजना गरेको सातौ चीन दक्षिण एसियाली प्रदर्शनी र २७ औं चीन खुमनिङ्ग आयात निर्यात मेलाका उद्घाटन समारोहमा उपराष्ट्रपति यादवले दुई देश बीचको आर्थिक सम्बन्ध सुधारका लागि जलविद्युत, पर्यटन भौतिक पूर्वाधार निर्माणका क्षेत्रमा नेपालमा लगानीका लागि आग्रह गरेका हुन् ।

    सोमबार सो प्रदर्शनीको उद्घाटनका लागि चीनको युनान प्रान्तको खुमनिगमा आयोजित समारोहमा सहभागी हुन आएका उपराष्ट्रपति यादवले प्रदर्शनीमा सहभागी हुन पुगेका नेपाली व्यापारी, चिनियाँ ब्यापारीहरुसँग छलफल गरेका थिए ।

    उक्त कार्यक्रममा उपराष्ट्रपति यादव र चीनका विदेशमन्त्री वाङ यी बीच साइटलाइन भेटवार्ता भएको चीनस्थित नेपाली राजदूतावासले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

    उपराष्ट्रपति यादव र विदेशमन्त्री वाङ यी बीच नेपाल चीन द्विपक्षीय सम्बन्धका पक्षमा छलफल भएको जनाइएको छ ।

    सोही समारोहमा शिक्षामन्त्री अशोककुमार राई समेत सहभागी भएका छन् । चौथो दक्षिण एसियाली प्रविधिक फोरमको मन्त्री राई सहभागी छलफलमा शिक्षा, विज्ञान र प्रविधिको क्षेत्रमा चीन नेपाल सहकार्य गर्ने विषयमा छलफल भएको थियो।

    छलफलमा नेपालका तर्फबाट परराष्ट्र सचिव भरतराज पौडेल र युनान प्रान्तका भाइस गर्भनरबीच भेटवार्ता भएको थियो । टोलीमा वाणिज्य तथा आपूर्ति मन्त्रालयका सचिव मधु मरासिनीसमेत सहभागी छन् ।

     

    प्रतिकृया दिनुहोस्