News Portal

  • कक्षा १२ को परिक्षाफल सार्वजनिक

    जनगर्जन संवाददाता
    ८९ पटक

    काठमाडौं । आज राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को परीक्षाफल प्रकाशित गरेको छ।

    गत वैशाख २६ गतेदेखि जेठ ५ गतेसम्म चलेको परीक्षाको नतिजा मंगलबार प्रकाशित भएको हो।

    यस वर्ष ४ लाख ४८ हजार ८ सय ३७ जना विद्यार्थीले कक्षा १२ को परीक्षा दिएका थिए । ५१ जनाको परीक्षा रद्द भएको थियो।

    परीक्षा सकिएको ८० दिनमा परीक्षाफल प्रकाशित भएको बोर्डले जनाएको छ । ३५ प्रतिशतभन्दा कम अंक ल्याउने विद्यार्थीलाई नन ग्रेडमा राखिएको बोर्डले पत्रकार सम्मेलन गरी जानकारी दिएको छ। नन ग्रेड आएका विद्यार्थीले ग्रेडवृद्धि परीक्षा दिनुपर्ने हुन्छ।

    गत वर्षभन्दा ३ प्रतिशतले नतिजा सुधार भएको बोर्डले जनाएको छ। ५१ प्रतिशतभन्दा बढी विद्यार्थी पास भएको बोर्डको भनाइ छ।

    यसरी हेर्न सकिन्छ परीक्षाफल:

    कक्षा १२ को परीक्षाफल बोर्डको आफ्नै वेबसाइड र नेपाल टेलिकमको विभिन्न प्लेटफर्मबाट थाहा पाउन सकिने व्यवस्था गरेको छ।

    बोर्डका अनुसार नतिजा राष्ट्रिय परीक्षा बोर्डको वेबसाइट र नेपाल टेलिकमको वेबसाइटमा गएर हेर्न सकिन्छ।

    त्यसैगरी एसएमएसबाट पनि नतिजा हेर्न सकिने छ। त्यसका लागि neb लेखेर एक स्पेस दिई आफ्नो सिम्बोल नम्बर टाइप गरी १६०० मा र नेपाल टेलिकमको १६०१ मा एसएमएस पठाएर पनि हेर्न सकिने छ।

    प्रतिकृया दिनुहोस्