News Portal

  • कपिलवस्तुको शिवगढीमा मंसिर ६ गते निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गर्ने

    जनगर्जन २०८१ मंसिर ३
    १८३ पटक

    कपिलवस्तु । कपिलवस्तुको जिल्लाको शिवराज नगरपालिका शिवगढी स्थित जनस्वास्थ्य सेवा केन्द्रले मंसिर ६ गते निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गर्ने भएको छ ।

    आज शिवगढीमा पत्रकार सम्मेलन गर्दै जनस्वास्थ्य सेवा केन्द्र व्यवस्थापन समितिले शिविरको उद्देश्य, कार्यक्रम र गतिविधिका बारेमा जानकारी गराएको छ ।

    आजको पत्रकार सम्मेलनलाई सम्बोधन गर्दै जनस्वास्थ्य सेवा केन्द्र व्यवस्थापन समितिका अध्यक्ष विनोद लुइटेल (पाबेल) ले शिविरमा विभिन्न प्रकारका रोगहरूको निशुल्क उपचार, परामर्श, औषधि वितरण र आधारभूत स्वास्थ्य परीक्षण गराइने जानकारी दिएका छन । उनक अनुसार यो शिविरले ग्रामीण क्षेत्रका सर्वसाधारणहरुको स्वास्थ्यको पहुँचमा सुधार गर्ने लक्ष्य राखिएको छ ।

    त्यसैगरी जनस्वास्थ्य सेवा केन्द्रका सल्लाहकार तथा नेपाली काङ्ग्रेसका सभापती हरि श्रेष्ठले ग्रामीण क्षेत्रमा स्वास्थ्य सेवाको पहुँच नपुगेका समुदायलाई लक्षित गरी कार्यक्रमको आयोजना गरेको बताएका छन ।

    त्यसैगरी अर्का सल्लाहकार विक्रम केसीले कार्यक्रमले स्थानीय जनताको ठूलो सहभागिता र उत्साह प्राप्त गर्ने विश्वास व्यक्त गरेका छन ।

    पत्रकार सम्मेलनमा व्यवस्थापन समितिका सदस्यहरू दीपक निरौला, थानेश्वर अर्याल, बुद्धि थापा, भोजबहादुर विक, स्थानीय पत्रकारहरु र स्थानीयहरुको विशेष उपस्थितिमा सम्पन्न भएको थियो ।

    प्रतिकृया दिनुहोस्