News Portal

  • अखिल समाजवादीद्वारा बागमती प्रदेशमा शिक्षालय सुधार अभियान

    शेरबहादुर विश्वकर्मा२०८१ भाद्र १४
    १४० पटक

    काठमाडौ । नेपाल कम्युनिस्ट पार्टी सम्बद्ध अखिल (समाजवादी)ले बागमती प्रदेशमा शिक्षालय सुधार अभियान सञ्चालन गरेको छ । सार्वजनिक शिक्षाको गुणस्तर र नागरिकबीच सरकारी पठनपाठनप्रति प्रश्न उठिरहेको बेला शिक्षालय सुधारमा अभिप्रेरित गर्ने उदेश्यले भाद्र १ गतेबाट अभियानको शुरुआत भएको अखिल समाजवादीका प्रदेश सहइन्चार्ज रमेश सीले जानकारी दिएका छन।

    संविधानले आधारभूत शिक्षालाई नागरिकको मौलिक अधिकार भनेर शिक्षाको दायित्व लिएको भएपनि पढ्नेलेख्ने कुरा किनबेचको बस्तु जस्तो भएको छ।नीजि स्तरबाट सञ्चालित स्कूलकलेजहरु सरकारी र सामुदायिक भन्दा अब्बल हुन्छन् भन्ने मानक स्थापित हुन थालेको छ।सम्पन्न र मध्यम बर्गिय परिवारका छोराछोरी प्रायः संस्थागत विद्यालयमा पढ्छन् भने बिपन्न र कमजोर आर्थिक हैसियत भएका सर्वसाधारणका छोराछोरीले मात्रै सरकारी शिक्षालय पढ्नुपर्ने अवस्था छ।यद्यपि सार्वजनिक शिक्षामा राज्यको ठुलो लगानी छ।

    अखिल समाजवादीका अनुसार शिक्षालयमा देखिएका अनियमितता, भौतिक पूर्वाधारको कमी,चुस्त व्यवस्थापनको अभाव, पठनपाठनमा नियमिततको कमी जस्ता कारणले सरकारी शिक्षाको गुणस्तरमा कमी हुन गएको बताइएको छ।

    अखिल समाजवादीको देशव्यापी अभियान अन्तर्गत बागमती प्रदेशबाट शुरुआत गरेको अभियानमा सरसफाइ, वृक्षारोपण,विद्यार्थी जागरण, शिक्षक अभिभावक र विद्यार्थीसङ्ग समस्याबारे अन्तर्कृया गर्ने, सरोकारवालाहरुलाई झक्झक्याउने, शैक्षिक सामग्री बितरण गर्ने लगायत रचनात्मक कार्यक्रम रहेका छन।

    अखिल समाजवादीका उपाध्यक्ष एवम् बागमती प्रदेश इन्चार्ज ललित सी, सह इन्चार्ज रमेश सी ,केन्द्रिय सदस्यहरु, जिल्ला अध्यक्ष र इकाई प्रमुखहरु अभियानमा सहभागी रहेको बताइएको छ। अभियान आगामी १ महिनासम्म सञ्चालनमा रहने छ।

    प्रतिकृया दिनुहोस्