News Portal

  • इडेन गार्डेन स्कुलको १५ औं स्थापना भब्यरुपमा दिवस सम्पन्न

    जनगर्जन संवाददाता
    २२४ पटक

    फागुन २०/भक्तपुरः इडेन गार्डेन स्कूलको १५ औं स्थापना दिवस भब्यरुपमा सम्पन्न भएको छ । स्कुलले स्थापना दिवसको आयोजना गरेको थियो । कार्यक्रमको प्रमुख आतिथ्यता नेशनल प्याब्सनको केन्द्रीय अध्यक्ष पाण्डव हमालको रहेको थियो  ।


    कार्यक्रममा प्रमुख अतिथि हमालले विद्यालयको यो कार्यक्रमको आयोजना गरेकोमा प्रशसा  गर्दै वर्तमान शिक्षा प्रणाली र हाम्रो दाहित्वकावारेमा व्याख्या गरेका थिए । कार्यक्रममा विशेष अतिथि रुपमा चन्द्रप्रसादले निजी विद्यालयले संचालन गर्दै आएको विविध कार्यक्रमबाट खुसी रहेको बताए । यस्तै नेशनल प्याव्सन भक्तपुरका अध्यक्ष संजय खड्काले अभिभावकहरु बीच प्रशिक्षणात्मक मन्तव्य प्रदान गरेका थिए ।


    कार्यक्रमममा सम्पूर्ण अभिभावकको तर्फबाट नेपाल सरकारको अधिकृत सरस्वती कार्की श्रेष्ठले विद्यालयले भविष्यको कर्मचारी, नेता, गायक, नृत्यकार, उद्यमी तयारी गर्ने विविध कक्षाहरु सञ्चालन गरिरहेको बताए । यस्तै वालकोट प्रहरी वृत्तको वरिष्ठ प्रहरी हवल्दार शिताराम कोइरालाले विद्यार्थीहरुलाई सुरक्षासम्बन्धी जानकारी दिए ।
    विद्यालयका संस्थापक प्रिन्सिपल जयप्रकाश राईले २०६८ सालमा लगभग ३४ जना विद्यार्थीबाट संचालित विद्यालयले आजसम्म आइपुग्दा ८१३ जना विद्यार्थी विद्यालयमा रहेको जानकारी दिए । प्रविधियुक्त संस्कार सहितको शिक्षा विद्यालयको मूल नारा सहित संचालित यो विद्यालय भक्तपुरको एक नमुना विद्यालय बनाउने उद्देश्य रहेको राईले बताए ।
    विद्यालयले उक्त कार्यक्रममा अनुशासित विद्यार्थी कक्षा ८ की आयुषा कार्कीलाई र कक्षा ६ को आयूष भण्डारीलाई, सफा विद्यार्थीमा छात्रा तर्फ सूची थिङ्ग र छात्र तर्फ आयन थापा मगरलाई पुरस्कृत गरिएको थियो । वर्षको सर्वोकृष्ट विद्यार्थीमा कक्षा ६ को शुविच्छा थापालाई पुरस्कृत गरएिको थियो । कार्यक्रममा शिक्षकहरूको सम्मान र हौसलाका लागि दीर्घ सेवा तथा सर्वोकृष्ट शिक्षकमा आधारभूत तहको शिक्षक विजन श्रेष्ठलाई र दीर्घ सेवा सम्मान बाट पूर्व प्राथमिक तहकी शिक्षक सुमित्रा श्रेष्ठलाई सम्मान गरिएको थियो ।


    कार्यक्रममा सबै कक्षाका विद्यार्थीहरुले उत्कृष्ट नृत्य, गीत, नाटक प्रस्तुत गरेर उपस्थित अतिथि साथै अभिभावकहरुलाई पूर्ण मनोरञ्जन गराएका थिए । कार्यक्रममा सञ्चालक समितिका अध्यक्ष तथा कार्यक्रमको सभापति यादप राईले विश्व आर्थिक मन्दीले विद्यालयलाई पनि निकै असर गरेता पनि हामी विद्यालयलाई कुनै असर नगरी सफलतापूर्वक सञ्चालन गर्ने बताए । विद्यालय सञ्चालन समितिका अध्यक्ष यादप राईको अध्यक्षतामा सम्पन्न कार्यक्रममा विशेष अतिथि वरिष्ठ साहित्यकार चन्द्र प्रसाद न्यौपाने, नेशनल प्याब्सन केन्द्रीय कोषाध्यक्ष प्रताव थापा , सहकोषाध्यक्ष विक्रम ढुकुछु लगायतले उपस्थिति थियो !

    प्रतिकृया दिनुहोस्