News Portal

  • भक्तपुर २ मा महेश बस्नेतलाई पराजित गर्दैं दुर्लभ थापा निर्वाचित

    जनगर्जन संवाददाता
    १६८ पटक

    ८ मंसिर, काठमाडौं । भक्तपुर क्षेत्र नम्बर २ बाट प्रतिनिधिसभा सदस्यमा नेपाली कांग्रेसका भक्तपुर पार्टी सभापति दुर्लभ थापा निर्वाचित भएका छन् । थापाले नेकपा एमालेका पोलिटब्युरो सदस्य महेश बस्नेतलाई ९२३ मतान्तरले हराएका हुन् ।

    सत्ता गठबन्धनका साझा उम्मेदवार थापाले २३ हजार ५०० मत पाए भने निकटतम प्रतिद्वन्द्वी बस्नेतले २२ हजार ६७७ मत पाए । नेमकिपाकी अनुराधा थापा मगरले ६ हजार ९५४, राष्ट्रिय स्वतन्त्र पार्टीका साजन विकले ३८२० र राप्रपाका मोहन केसीले २४८६ मत पाएका छन् ।

    प्रतिकृया दिनुहोस्