News Portal

काठमाडौंमा प्रदर्शन : अस्ट्रेलियन राजदूतावासद्वारा ट्राभल एड्भाइजरी जारी

जनगर्जन संवाददाता२०८१ चैत्र १४
१२६ पटक

काठमाडौं, १४ चैत – काठमाडौंमा शुक्रबार हुन लागेको छुट्टाछुट्टै प्रदर्शनलाई मध्यनजर गर्दै नेपालस्थित अस्ट्रेलियन राजदूतावासले ट्राभल एड्भाइजरी जारी गरेको छ।

राजदूतावासले सम्भावित जोखिमको चेतावनी दिँदै काठमाडौं उपत्यकामा ट्राफिक अवरुद्ध हुनसक्ने जनाउँदै सतर्कता अपनाउन आग्रह गरेको छ। गणतन्त्र पक्षधर र राजावादी समूहले आयोजना गर्न लागेको प्रदर्शनलाई ध्यानमा राख्दै सुरक्षा सतर्कता पनि बढाइएको छ।

दूतावासले सर्वसाधारणलाई अनावश्यक रूपमा बाहिर ननिस्कन तथा प्रभावित क्षेत्रमा जानबाट जोगिन आग्रह गरेको छ। साथै, स्थानीय सुरक्षा निकाय र प्रहरी अधिकारीहरूले जारी गर्ने निर्देशनलाई पालना गर्न पनि अनुरोध गरिएको छ।

प्रदर्शनका कारण ट्राफिक प्रभावित हुने सम्भावना रहेकोले काठमाडौं उपत्यकामा आवतजावत सीमित गर्न राजदूतावासले यात्रुहरूलाई सचेत गराएको छ।

प्रतिकृया दिनुहोस्