News Portal

मन्त्रिपरिषद्का ११ निर्णय: वार्षिक प्रतिवेदन, विशेष बढुवा, नियुक्ति र सार्वजनिक बिदासमेत घोषणा

जनगर्जन संवाददाता२०८१ चैत्र ६
१६४ पटक

काठमाडौँ, चैत ६ । नेपाल सरकारको मन्त्रिपरिषद्ले विभिन्न ११ महत्वपूर्ण निर्णय गरेको छ। चैत ४ गते बसेको मन्त्रिपरिषद् बैठकले आर्थिक वर्ष २०८०/८१ को वार्षिक प्रतिवेदन राष्ट्रपतिसमक्ष पेश गर्ने निर्णय गरेको छ। साथै, विभिन्न नियुक्ति, बढुवा, वार्ता टोली गठन तथा सार्वजनिक बिदासम्बन्धी निर्णयहरू भएका छन्।

बैठकले आर्थिक वर्ष २०८०/८१ को सरकारी वार्षिक प्रतिवेदन राष्ट्रपतिसमक्ष पेश गर्ने निर्णय गरेको छ। यो प्रतिवेदनले सरकारको आर्थिक, सामाजिक तथा प्रशासनिक कार्यसम्पादनको समीक्षा गर्नेछ।

सरकारले विद्यालय क्षेत्र सुधार कार्यक्रमका लागि विश्व बैंकमार्फत प्राप्त हुन लागेको अनुदान सहायता सम्बन्धमा वार्ता गर्न अर्थ मन्त्रालयका सहसचिवको नेतृत्वमा वार्ता टोली गठन गर्ने निर्णय गरेको छ। यसले शिक्षा क्षेत्रमा सुधारका लागि आवश्यक नीति तथा कार्यक्रमहरूलाई गति दिने अपेक्षा गरिएको छ।
सरकारले विभिन्न पदमा नियुक्ति तथा बढुवा गर्ने निर्णय गरेको छ । ऋण असुली न्यायाधिकरणको बैंकिङ्ग सदस्य पदमा नरेशराज अर्याल, राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणको कार्यकारी प्रमुख पदमा दिनेश प्रसाद भट्ट, त्यसैगरी नेपाली सेनामा विशेष बढुवा र पदावधि थप: उपरथी पदमा १ जनालाई विशेष बढुवा। सहायक रथी पदमा १ जनालाई बढुवा । सहायक रथी पदमा १ जनाको कार्यकाल थप गरेको छ ।

त्यसैगरी सरकारले चैत २४ गते रामनवमीको अवसरमा नेपालभरका सरकारी कार्यालय तथा सार्वजनिक संस्थाहरूमा बिदा दिने निर्णय गरिएको छ।

मन्त्रिपरिषद्ले केही मन्त्रीहरूको विदेश भ्रमण स्वीकृत गर्ने लगायत अन्य प्रशासनिक निर्णयहरू पनि गरेको छ । यी निर्णयहरूले सरकारी प्रशासनिक कार्यप्रणालीलाई प्रभाव पार्ने तथा विभिन्न क्षेत्रमा सुधार ल्याउने अपेक्षा गरिएको छ।

प्रतिकृया दिनुहोस्