News Portal

रविको मुद्दा हेर्दाहेर्दैमा राखियो, अझै दुई दिन हिरासतमा बस्ने रवि लामिछाने

जनगर्जन संवाददाता२०८१ पौष २९
२० पटक

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति एव पुर्व मन्त्री रवि लामिछाने अझै कम्तिमा थप दुई दिन न्यायिक हिरासतमा रहने भएका छन् । सोमबारबाट सुरु भएको थुनछेक बहस नसकिएपछि पर्सि (बुधबार) हुनेगरी आजका लागि सकिएको छ । उनको मुद्दालाई हेर्दाहेर्दैमा राखिएको छ ।

भोलि सरकारी बिदा भएका कारण लामिछाने सोमबार र मंगलबार पनि काठमाडौं प्रहरीको हिरासतमा रहने भएका छन् । उनको बुधबार मात्रै थुनछेक बहस हुने भएको हो ।

काठमाडौंको स्वर्णलक्ष्मी सहकारी ठगीमा लामिछानेविरुद्ध पनि मुद्दा दर्ता भएको थियो । उक्त मुद्दाको बयानका लागि लामिछाने आइतबार काठमाडौं जिल्ला अदालत हाजिर भएका थिए ।

बयान नसकिएपछि न्यायाधीश माधवप्रसाद अधिकारीले आइतबार हिरासत पठाउने आदेश गरेका थिए । सोमबार पनि रवि पक्षका वकिलहरूले बाहिरै राख्न अनुरोध गरेका थिए ।

तर, उनले आइतबारको आदेशलाई नै निरन्तरता दिइएको इजलासबाटै जानकारी गराएका छन्

प्रतिकृया दिनुहोस्