१६ पुस, काठमाडौ । नेपाल कम्युनिष्ट पार्टीका प्रवक्ता प्रकाण्ड सीले २०८४ सालमा हुने निर्वाचन देश र जनताका विरुद्धको षड्यन्त्रको रुपमा हुन नदिने उद्घोष गर्नु भएको छ ।
नेपाल कम्युनिष्ट पार्टीले केन्द्रीय समिति बैठकका निर्णयहरु सार्वजनिक गर्न काठमाडौमा मंगलवार आयोजना गरेको पत्रकार सम्मेलनमा वोल्दै प्रवक्ता प्रकाण्ड सीले यस्तो उद्घोष गर्नु भएको हो ।
उहाँले एकीकृत जनक्रान्तिको एउटा मोर्चाको रुपमा नेपाल कम्युनिष्ट पार्टी पनि ०८४ को निर्वाचनमा सहभागी हुने बताउदै निर्वाचन देश र जनता विरुद्धको षड्यन्त्रको रुपमा हुन नदिने चेतावनी दिनु भयो ।
‘हामी एकीकृत जनक्रान्तिको एउटा मोर्चाको रुपमा निर्वाचनको प्रयाग गर्दैछौ, हामी दल दर्ता समेत गरेर जादैछौ, जनताले भ्रष्टाचारी,साम्राज्यवादका दलालहरुलाई राम्रोसंग चिनेका छन’ उहाँले भन्नु भयो, ‘त्यस्ता दलालहरुको षड्यन्त्रको भण्डाफोर गरिनेछ, देश र जनताको विरुद्धमा चुनाव जान दिईनेछैन ।’
प्रवक्ता प्रकाण्डले देश अहिले इतिहासकै अफ्ठ्यारो मोडमा उभिएको बताउदै दलाल पुँजीवादले देश संकटमा फसेको बताउनु भयो ।
‘दलाल पुँजीवादी व्यवस्थाका विरुद्ध समाजवादी मोर्चा चाहिन्छ,हामी मोर्चाको माध्यमवाट, धुव्रीकरण र एकताको माध्यमवाट देशलाई नेपाली विशेषताको समाजवादमा लिन चाहान्छौ’ प्रवक्ता प्रकाण्डले भन्नु भयो ।
उहाँले नेपालको राजनीतिक संकटको अग्रगामी निकास अवको नेपाली विशेषताको समाजवाद मात्र भएको ठोकुवा गर्नु भयो ।
२०८४ मा देश र जनता विरुद्धको षड्यन्त्रको चुनाव हुन दिदैनः प्रकाण्ड सी
वसन्त बि क२०८१ पौष १६



- भालुवाङ ट्राफिक चेकपोइन्टमा पशु ढुवानी गाडीलाई विशेष छूट ?
- लेखक पत्रकारहरुका लागि कला साहित्यबारे प्रशिक्षण
- बालेनका निकट एसएसपी राजुनाथ पाण्डे निलम्बनपछि एमाले नेता बस्नेतको टिप्पणी
- बर्दघाटको दिव्यज्योति क्याम्पसमा ७५ युवाले लिए उद्यमशीलता तालिम
- बैजनाथ गाउँपालिकाको भुक्तानी र निकासा असार १० तोक्यो
- स्वाधीनता, सङ्घीयता, सुशासन, समृद्धि र समाजवाद के हाे ।
- हिजो आज राजा आउ देश बचाउका नाराले यो इतिहास भुले छन ?
- बाजुराको बाम्का बजारमा भएको आगलागी नियन्त्रणमा समयमै पहल नहुनु दु:खद: नेकपा
- अमेरिकामा टीपीएस सुविधा अन्त्य: नेपाली आप्रवासीहरू स्वदेश फर्किनुपर्ने सम्भावना
- अवैध आप्रवासी नेपालीलाई लिएर अमेरिकी चार्टर्ड विमान आज काठमाडौं अवतरण हुँदै
