News Portal

  • तीन दलका शीर्ष नेताको बैठक बालुवाटारमा बस्दै

    जनगर्जन संवाददाता२०८१ कार्तिक १
    ९५ पटक

    काठमाडौ । प्रधानमन्त्री एवं नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीसहित तीन दलका शीर्ष नेताहरुकोको बैठक अहिले प्रधानमन्त्री निवास बालुवाटारमा सुरु भएको छ ।

    आजको सो बैठकमा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, प्रमुख प्रतिपक्षी नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, गृहमन्त्री रमेश लेखक, माओवादी केन्द्रका उपमहासचिव शक्तिबहादुर बस्नेत र महान्याधिवक्ता रमेश वडाल सहभागी रहेका छन् ।

    बैठकमा शान्ति प्रक्रियालाई टुंगोमा पुर्‍याउने विषयसँग जोडिएका सत्य निरुपण तथा मेलमिलाप आयोग र बेपत्ता पारिएका व्यक्तिहरुको छानबिन आयोग गठन लगायतका विषयमा छलफल हुने स्रोतले जनाएको छ ।

    प्रतिकृया दिनुहोस्