७ माघ, काठमाडौं । महिला राष्ट्रिय लिग फुटबल आजदेखि सुरु हुँदैछ । ७ टिम सहभागी डबल राउण्ड रोविनमा हुने लिगको उद्घाटन खेल दुई विभागीय टोली त्रिभुवन आर्मी क्लब र नेपाली पुलिस क्लबबीच दशरथ रंगशालमा सुरु हुनेछ । खेल दिउँसो २ बजे हुनेछ ।
अखिल नेपाल फुटबल संघ (एन्फा) गत चैतमा डबल लिग सिस्टममा महिला राष्ट्रिय लिग आयोजना गर्ने भन्दै मितिसमेत तय गरिसकेको थियो । खेलाडीहरु उत्साहित थिए । विभागीय तीन टिमसहित उपमेयर कप खेलेका उत्कृष्ट चार टिम ष्ट्रिय लिगका लागि छनोट भएका थिए ।
७ टिमले एकआपसमा दुई पटक प्रतिस्पर्धा गर्दा खेलाडीले आफ्नो प्रतिभा देखाउने अवसर पाउँथे । यस्तै लिग उपत्यका बाहिर गर्ने गरी तयारी पनि भइरहेको थियो ।
तर बाधक बन्यो कोरोना । कोरोना महामारीका कारण सारा विश्व नै प्रभावित बनेको बेला महिला लिगलाई पनि यसले असर गर्यो । जसको नतिजा एन्फाले मिति घोषणा गरेको केही दिनपछि नै महिला राष्ट्रिय लिग अर्को निर्णय नहुँदा सम्मको लागि स्थगित गर्यो ।
त्यसपछि सरकारको बन्दाबन्दी र निषेधाले गर्दा झण्डै खेलाडीहरु उत्साहित ८ महिना नेपाली खेलकुद ठप्प जस्तै भयो । प्रशिक्षणसमेत सुरु हुन सकेको थिएन । केही खेलको मात्र फाट्टफुट् प्रशिक्षण भयो । पुरुष फुटबल टिमले भने कात्तकिमै प्रशिक्षण अनुमति लिएर प्रशिक्षण गर्दै बंगलादेशसँग दुई मैत्रीपूर्ण फुटबल पनि खेल्यो ।
यस्तै मंसिरदेखि सरकारले पनि खेलको लागि प्रशिक्षण खुल्ला गरिदियो । त्यसपछि खेलकुद गतिविधि विस्तारै चलमलाउन थाल्यो । विभिन्न खेलहरु हुन थाले । राष्ट्रिय स्तरकै प्रतियोगिता भए ।
एन्फाले पनि माघ पहिलो सातादेखि महिला राष्ट्रिय लिगलाई सुरु गर्ने गरी तयारी गर्दै राष्ट्रिय खेलकुद परिषदमा स्वीकृतिका लागि पठायो । राखेपले स्वीकृति दिएपछि एन्फाले घ ७ गतेदेखि महिला लिग सुरु गर्ने पक्का भएको छ ।
लिगमा सहभागी ७ टिम लिगको पुरस्कार राशी र लिगमा हुने ४२ खेल यथावत नै छन् ।तर कोरोना महामारी पनि धेरै कुरा भने परिवर्तन भएको छ ।
महिला खेलाडीहरुले लामो समय फुटबल खेलेका छैनन् । यस्तै प्रशिक्षणमसमेत खासै गर्न पाएका छैनन् ।
उपत्यका बाहिर हुने भनिएको अलहरु अब उपत्यकामै हुनेछ ।
सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा रहेको एस्टो टर्फमै अल खेलहरु हुनेछ ।
एन्फाले शुक्रबार खेलतालिका सार्वजनिक गर्दै उद्घाटन खेल र समापन खेल दशरथ रंगशालमा हुने र बाँकी खेल एन्फा कम्प्लेक्समा हुने जनाएको छ ।
तर एक महिनामै डबलर लिग सकाउनु एन्फाको बाध्यताले गर्दा एक टिमले लगातार खेल खेल्नुपर्ने तालिका छ ।
एक खेल खेलेको २४ घण्टापछि नै अर्को खेल खेल्नुपर्ने तालिका सार्वजनिक भएको छ ।
एकातर्फ खेलाडीहरु खेल्न पाउने भएकोले उत्साहित छन् । अर्कोतर्फ प्रशिक्षण नभएकोले खेल्ने बानी छैन । लामो समयपछि एकैपटक खेल्दा चोट लाग्ने सम्भावना पनि बढी छ । यस्तोमा दैनिक खेल खेल्नुपरे हालत कस्तो होला ?
लिगको तयारीका लागि एन्फाले हरेक टोलीलाई १ लाख रुपैयाँ र कोभिड रिलिफ फन्ड अनुरुप ५० हजार प्रदान गरिने एन्फाले जनाएको छ ।
प्रतियोगिता दौरान कुनै खेलाडी वा पदाधिकारीलाई कोरोना संक्रमण भएको शंका लागेको खण्डमा आइसोलेसनको व्यवस्था एन्फाले गर्नेछ ।
यस पटक लिग खेल्ने टिमले चार जनासम्म विदेशी खेलाडी राख्न पाउने प्रावधान छ । यस्तै एक टिममा २३ खेलाडीहसित जम्मा ३० जना हुनेछन् । जसमा कोच म्यानेजर फिजियो लगायत समावेश हुनेछन् ।
वालिङले चार जना क्यामरुनी खेलाडीलाई अनुबन्ध गरिसकेको छ । यस्तै उदरपुर र विराटनगरको टिमले पनि विदेशी खेलाडी टिममा राखेका छन् ।
घरेलु फुटबलमा तीन विभागीय टोली बलियो भइरहेको बेला अन्य टिमले विदेशी खेलाडी खेल्दा खेल प्रतिस्पर्धात्मक हुने एन्फाको अपेक्षा छ ।
महिला लिगबारे जानकारी
लिग मिति
माघ ७ देखि सुरु फागुन ७ गतेसम्म (एक महिना सञ्चालन हुने)
खेल हुने स्थान
उद्घाटन र समापन खेल दशरथ रंगशालमा (बाँकी खेल एन्फा कम्प्लेक्समा
सहभागि टिम : ७
लिग सिस्टम : डबल राउण्ड रोविन लिग
सहभागफ टिमहरु:
नेपाल पुलिस क्लब
त्रिभुवन आर्मी क्लब
नेपाल एपीएफ क्लब
वालिङ नगरपालिका, स्याङ्जा
चौदन्डीगढी नगरपालिका, उदयपुर
चन्द्रपुर नगरपालिका, रौतहट
विराटनगर महानगरपालिका, मोरङ
महिला राष्ट्रिय लिगको पुरस्कार
विजेता १५ लाख
उपविजेता ८ लाख
तेस्रो स्थान ५ लाख
चौथो स्थान ३ लाख
सर्वोत्कृष्ट खेलाडी स्कुटर
उत्कृष्ट गोलकिपर ५० हजार
उत्कृष्ट डिफेण्डर ५० हजार
उत्कृष्ट मिडफिल्डर ५० हजार
उत्कृष्ट फरवार्ड ५० हजार
उत्कृष्ट प्रशिक्षक ५० हजार
तयारी खर्च हरेक टिमलाई १-१ लाख
कोभिड रिलिफ फण्ड : ५०-५० हजार