News Portal

  • महिला राष्ट्रिय लिग आजदेखि, दशरथ रंगशालामा

    जनगर्जन संवाददाता
    ७०८ पटक

    ७ माघ, काठमाडौं । महिला राष्ट्रिय लिग फुटबल आजदेखि सुरु हुँदैछ । ७ टिम सहभागी डबल राउण्ड रोविनमा हुने लिगको उद्घाटन खेल दुई विभागीय टोली त्रिभुवन आर्मी क्लब र नेपाली पुलिस क्लबबीच दशरथ रंगशालमा सुरु हुनेछ । खेल दिउँसो २ बजे हुनेछ ।

    अखिल नेपाल फुटबल संघ (एन्फा) गत चैतमा डबल लिग सिस्टममा महिला राष्ट्रिय लिग आयोजना गर्ने भन्दै मितिसमेत तय गरिसकेको थियो । खेलाडीहरु उत्साहित थिए । विभागीय तीन टिमसहित उपमेयर कप खेलेका उत्कृष्ट चार टिम ष्ट्रिय लिगका लागि छनोट भएका थिए ।

    ७ टिमले एकआपसमा दुई पटक प्रतिस्पर्धा गर्दा खेलाडीले आफ्नो प्रतिभा देखाउने अवसर पाउँथे । यस्तै लिग उपत्यका बाहिर गर्ने गरी तयारी पनि भइरहेको थियो ।

    तर बाधक बन्यो कोरोना । कोरोना महामारीका कारण सारा विश्व नै प्रभावित बनेको बेला महिला लिगलाई पनि यसले असर गर्‍यो । जसको नतिजा एन्फाले मिति घोषणा गरेको केही दिनपछि नै महिला राष्ट्रिय लिग अर्को निर्णय नहुँदा सम्मको लागि स्थगित गर्‍यो ।

    त्यसपछि सरकारको बन्दाबन्दी र निषेधाले गर्दा झण्डै खेलाडीहरु उत्साहित ८ महिना नेपाली खेलकुद ठप्प  जस्तै भयो । प्रशिक्षणसमेत सुरु हुन सकेको थिएन । केही खेलको मात्र फाट्टफुट् प्रशिक्षण भयो । पुरुष फुटबल टिमले भने कात्तकिमै प्रशिक्षण अनुमति लिएर प्रशिक्षण गर्दै बंगलादेशसँग दुई मैत्रीपूर्ण फुटबल पनि खेल्यो ।

    यस्तै मंसिरदेखि सरकारले पनि खेलको लागि प्रशिक्षण खुल्ला गरिदियो । त्यसपछि खेलकुद गतिविधि विस्तारै चलमलाउन थाल्यो । विभिन्न खेलहरु हुन थाले । राष्ट्रिय स्तरकै प्रतियोगिता भए ।

    एन्फाले पनि माघ पहिलो सातादेखि महिला राष्ट्रिय लिगलाई सुरु गर्ने गरी तयारी गर्दै राष्ट्रिय खेलकुद परिषदमा स्वीकृतिका लागि पठायो । राखेपले स्वीकृति दिएपछि एन्फाले घ ७ गतेदेखि महिला लिग सुरु गर्ने पक्का भएको छ ।

    लिगमा सहभागी ७ टिम लिगको पुरस्कार राशी र लिगमा हुने ४२ खेल यथावत नै छन् ।तर कोरोना महामारी पनि धेरै कुरा भने परिवर्तन भएको छ ।

    महिला खेलाडीहरुले लामो समय फुटबल खेलेका छैनन् । यस्तै प्रशिक्षणमसमेत खासै गर्न पाएका छैनन् ।

    उपत्यका बाहिर हुने भनिएको अलहरु अब उपत्यकामै हुनेछ ।

    सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा रहेको एस्टो टर्फमै अल खेलहरु हुनेछ ।

    एन्फाले शुक्रबार खेलतालिका सार्वजनिक गर्दै उद्घाटन खेल र समापन खेल दशरथ रंगशालमा हुने र बाँकी खेल एन्फा कम्प्लेक्समा हुने जनाएको छ ।

    तर एक महिनामै डबलर लिग सकाउनु एन्फाको बाध्यताले गर्दा एक टिमले लगातार खेल खेल्नुपर्ने तालिका छ ।

    एक खेल खेलेको २४ घण्टापछि नै अर्को खेल खेल्नुपर्ने तालिका सार्वजनिक भएको छ ।

    एकातर्फ खेलाडीहरु खेल्न पाउने भएकोले उत्साहित छन् । अर्कोतर्फ प्रशिक्षण नभएकोले खेल्ने बानी छैन । लामो समयपछि एकैपटक खेल्दा चोट लाग्ने सम्भावना पनि बढी छ । यस्तोमा दैनिक खेल खेल्नुपरे हालत कस्तो होला ?

    लिगको तयारीका लागि एन्फाले हरेक टोलीलाई १ लाख रुपैयाँ र कोभिड रिलिफ फन्ड अनुरुप ५० हजार प्रदान गरिने एन्फाले जनाएको छ ।

    प्रतियोगिता दौरान कुनै खेलाडी वा पदाधिकारीलाई कोरोना संक्रमण भएको शंका लागेको खण्डमा आइसोलेसनको व्यवस्था एन्फाले गर्नेछ ।

    यस पटक लिग खेल्ने टिमले चार जनासम्म विदेशी खेलाडी राख्न पाउने प्रावधान छ । यस्तै एक टिममा २३ खेलाडीहसित जम्मा ३० जना हुनेछन् । जसमा कोच म्यानेजर फिजियो लगायत समावेश हुनेछन् ।

    वालिङले चार जना क्यामरुनी खेलाडीलाई अनुबन्ध गरिसकेको छ । यस्तै उदरपुर र विराटनगरको टिमले पनि विदेशी खेलाडी टिममा राखेका छन् ।

    घरेलु फुटबलमा तीन विभागीय टोली बलियो भइरहेको बेला अन्य टिमले विदेशी खेलाडी खेल्दा खेल प्रतिस्पर्धात्मक हुने एन्फाको अपेक्षा छ ।

    महिला लिगबारे जानकारी

    लिग मिति

    माघ ७ देखि सुरु फागुन ७ गतेसम्म (एक महिना सञ्चालन हुने)

    खेल हुने स्थान

    उद्घाटन र समापन खेल दशरथ रंगशालमा (बाँकी खेल एन्फा कम्प्लेक्समा

    सहभागि टिम : 

    लिग सिस्टम : डबल राउण्ड रोविन लिग

    सहभागफ टिमहरु:

    नेपाल पुलिस क्लब

    त्रिभुवन आर्मी क्लब

    नेपाल एपीएफ क्लब

    वालिङ नगरपालिका, स्याङ्जा

    चौदन्डीगढी नगरपालिका, उदयपुर

    चन्द्रपुर नगरपालिका, रौतहट

    विराटनगर महानगरपालिका, मोरङ

    महिला राष्ट्रिय लिगको पुरस्कार

    विजेता १५ लाख

    उपविजेता ८ लाख

    तेस्रो स्थान ५ लाख

    चौथो स्थान ३ लाख

    सर्वोत्कृष्ट खेलाडी स्कुटर

    उत्कृष्ट गोलकिपर ५० हजार

    उत्कृष्ट डिफेण्डर ५० हजार

    उत्कृष्ट मिडफिल्डर ५० हजार

    उत्कृष्ट फरवार्ड ५० हजार

    उत्कृष्ट प्रशिक्षक ५० हजार

    तयारी खर्च हरेक टिमलाई १-१ लाख

    कोभिड रिलिफ फण्ड : ५०-५० हजार

    प्रतिकृया दिनुहोस्