News Portal

अप्रेशन ‘फोक्सट्रोट चार्ली’ मार्फत पक्राउ पर्ने डाक्टरको सङ्ख्य ८ पुग्यो

जनगर्जन संवाददाता
२५२ पटक

 

 

काठमाडौं । शैक्षिक प्रमाणपत्र किर्ते प्रकरणमा एकपछि अर्को डाक्टर पक्राउ पर्नेक्रम जारी छ । ‘फोक्सट्रोट चार्ली’ अप्रेसन  चलाएर शुक्रबार केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले डा. पुनम थापालाई पक्राउ गरेको हो ।

थापालाई काठमाडौँको गोठाटारस्थित निवासबाट पक्राउ गरिएको सीआईबीका प्रवक्ता एसपी नवराज अधिकारीले जानकारी दिए । प्रमाणपत्र किर्ते प्रकरणमा थापासहित पक्राउ पर्नेको संख्या ८ पुगेको छ ।  यसअघि सांसद डा.सुनील शर्मासहित ७ जनालाई पक्राउ परिसकेका छन् ।

 

प्रतिकृया दिनुहोस्