News Portal

नेकपाका नेता चुडामणि वली ‘आदर्श’ सहित १४ जना रिहा

जनगर्जन संवाददाता
९२१ पटक

नेपाल कम्युनिस्ट पार्टीका केन्द्रीय सदस्य चुडामणि वली ‘आदर्श’ सहित १४ जना नेता–कार्यकर्ता मङ्गलबार रिहा भएका छन् । बाजुराबाट १४ जना रिहा भएको वरिष्ठ अधिवक्ता एकराज भण्डारीले जानकारी दिए ।

वरिष्ठ अधिवक्ता एकराज भण्डारी, अधिवक्ता कपिलचन्द्र पोखरेल र कान्तिराम ढुंगासहितको बहसपछि सर्वोच्च अदालतले वलीसहित १४ जना नेता–कार्यकर्तालाई रिहा गर्न आदेश दिएको हो ।

न्याय विभाग प्रमुख तथा नेकपाका केन्द्रीय सदस्य वालीसहित १६ जना नेता–कार्यकर्ता २०७६ कात्तिक २२ गते साङ्गठनिक कामका लागि हिँडिरहेका बेला बाजुराको गौमुल गाउँपालिका वडा नम्बर ३ बाट पक्राउ परेका थिए । पछि उनीहरुलाई पुर्पक्षका लागि कारागार पठाइएको थियो । वरिष्ठ अधिवक्ता एकराज भण्डारी लगायतको बहसपछि १४ जना छुटेका छन् । भण्डारीले भने, ‘२ जनाको भएन, १४ जना छुट्नुभयो ।’

प्रतिकृया दिनुहोस्