News Portal

गण्डकी कोटिहोम महायज्ञको संकल्प सभा सम्पन्न

जनगर्जन संवाददाता२०८१ चैत्र २५
१६७ पटक

पोखरा । पोखरा महानगरपालिका–१७ बिरौटामा सञ्चालन हुन लागेको ऐतिहासिक श्री गण्डकी शत कुण्डीय गायत्री कोटिहोम विराट ज्ञान महायज्ञको संकल्प सभा आज एक विशेष कार्यक्रमका बीच सम्पन्न भएको छ। उक्त महायज्ञ आगामी वैशाख १७ गतेदेखि सुरु भई जेठ २६ गतेसम्म सञ्चालन हुनेछ।

संकल्प सभामा महायज्ञका संकल्पकर्ता बालयोगेश्वर विजय श्रीकृष्ण मूर्ती जी महाराजले महायज्ञ अवधिभर हुने विविध कार्यक्रमहरूको बारेमा जानकारी दिनुका साथै यसको धार्मिक महत्व, यज्ञ तथा हवनको महिमा, र कोटिहोम महायज्ञको उद्देश्यबारे समेत विस्तृत रूपमा प्रकाश पारे।

उनले महायज्ञको माध्यमबाट गण्डकी क्षेत्रको धार्मिक र सांस्कृतिक चेतना अभिवृद्धि हुने विश्वास व्यक्त गर्दै, महायज्ञमा संकलित रकमबाट खर्च व्यवस्थापनपछि बाँकी रहेको रकमले पोखरा–१७ मा अवस्थित हरिहर मन्दिर, मुक्तेश्वर मन्दिर र कैलाशधाम मन्दिरको विकासमा पहल गरिने जानकारी समेत दिएका छन्।

प्रतिकृया दिनुहोस्