News Portal

  • बैतडीमा जीप दुर्घटना,६ जना घाइते ,२ सकुशल

    जनगर्जन संवाददाता२०८१ आश्विन ११
    ७४ पटक

    कपिलवस्तु । बैतडीमा जिप दुर्घटना हुँदा जीपमा सवार ६ जना घाइते भएका छन । जिल्लाको छेला-दुर्गाभवानी सडक अन्तर्गत डुवापानी भन्ने स्थानमा से१ज ३२० नम्बरको बोलेरो जिप गएराति साढे १० बजेतिर दुर्घटनामा परेको हो।

    दुर्घटनामा परेर चालकसहित छ जना घाइते भएको बैतडीका प्रहरी निरीक्षक जनकराज ढुंगानाले जानकारी दिएका छन ।

    घाइते हुनेहरूमा दशरथचन्द नगरपालिका ३ का ४५ वर्षीय दिलिप नाथ, सोहि ठाउँका ३९ वर्षीय भानदेव नाथ, ४० वर्षीया अनिता नाथ, ४६ वर्षीय केशव नाथ, १६ वर्षीय सुशील नाथ र जीप चालक दशरथ नाथ रहेका छन्।

    उक्त दुर्घटनामा घाइते हुने मध्ये दिलिपको अवस्था गम्भीर रहेको छ। दिलिपलाई जिल्ला अस्पतालमा उपचार हुन नसक्दा थप उपचारको लागि धनगढी रेफर गरिएको छ। अन्य घाइतेहरूको जिल्ला अस्पतालमा उपचार भइरहेको र अवस्था सामान्य रहेको छ।

    जिप सडकबाट १० मिटर तल खसेर सल्लाको रूखमा अड्किएको छ। दुर्घटनाग्रस्त जिप रूखमा अड्किदा ठुलो दुर्घटनाबाट बचेको प्रहरी निरीक्षक ढुंगानाले बताउनुभयो।

    आठजना सवार रहेको जिप अनियन्त्रित भएर दुर्घटनामा परेको बताइएको छ। सवार दुईजना भने सकुसल रहेका छन्। घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय बैतडीले जनाएको छ।

    प्रतिकृया दिनुहोस्