News Portal

  • निरन्तर परिरहेको वर्षाको कारण राप्ती नदीको बाढीमा फसेर एकजना बेपत्ता, २ जनाको उद्धार

    जनगर्जन शनिबार ,असार २१,२०८१
    १२९ पटक

    काठमाडौ । लुम्बिनी प्रदेश अन्तर्गत दाङको राप्ती नदीमा आएको बाढीमा फसेर एक जना बेपत्ता भएका छन । फसेका मध्ये एक जना बेपत्ता भएका छन् भने दुई जनाको सकुशल उद्धार गरिएको छ ।

    निरन्तर परेको वर्षाको कारण लमही नगरपालिका ७ हस्नापुरस्थित राप्तीको बाढीमा फसेकामध्ये दुई जनाको सकुशल उद्धार गरिएको छ भने एक जना बेपत्ता भएका छन ।

    दूध बिक्री गर्न लमही गएका तीनजना मध्ये राजपुर गाउँपालिका २ का १८ वर्षीय राजकुमार यादव फर्किने क्रममा बाढीमा बगेर बेपत्ता भएको प्रहरीले जनाएको छ ।

    सशस्त्र प्रहरी बल ४१ नम्बर रिजर्भ गण अर्जुनखोलाबाट खटिएका सुरक्षाकर्मीले राजपुर २ निवासी ४८ वर्षीय तुलाराम यादव र ४० वर्षीय दयाराम यादवको उद्धार गरेका प्रहरी सहायक निरीक्षक प्रकाश ढकालले जानकारी दिए ।

    प्रतिकृया दिनुहोस्