News Portal

  • नागरिक उन्मुक्ति पार्टीका सुदूरपश्चिम प्रदेश सभा सदस्य घनश्याम चौधरी निलम्बित

    जनगर्जन २०८० चैत्र ३०
    ५६ पटक

    ३० चैत, कैलाली । नागरिक उन्मुक्ति पार्टी (नाउपा) का सुदूरपश्चिम प्रदेश सभा सदस्य घनश्याम चौधरीलाई पार्टीले निलम्बन गरेको छ ।

    नाउपा पार्टी अध्यक्ष रञ्जिता श्रेष्ठले शुक्रबार प्रदेश सभामुख भीमबहादुर भण्डारीलाई पत्र पठाउँदै चौधरीलाई पार्टीबाट ३ महिनाको लागि निलम्बन गरिएको जानकारी दिएकी हुन् ।

    अध्यक्ष श्रेष्ठको हस्ताक्षरमा जारी भएको पत्रमा प्रदेश सभा सदस्य चौधरीलाई पार्टीका विभिन्न विषयमा छलफल गर्न पटक-पटक बोलाउँदा पनि सहभागी नभएको र स्पष्टिकरण पनि चित्तबुझ्दो नभएकोले निलम्बन गरिएको उल्लेख छ ।

    पत्रमा चैत १४, १५ र २५ गते चौधरीलाई छलफलका लागि बोलाइएको तर अध्यक्ष चौधरी बैठकमा उपस्थित नभएको उल्लेख छ ।

    शुक्रबार बिहान घनश्यामको अध्यक्षतामा बसेको रेशम चौधरी पक्षका चार जना सांसदहरुको बैठकले लक्ष्मणकिशोर चौधरीलाई मुख्यमन्त्रीका रूपमा अघि सार्ने निर्णय गरेको छ भने रञ्जिता पक्षबाट कैलाश चौधरी मुख्यमन्त्रीको आकांक्षी छन् ।

    प्रतिकृया दिनुहोस्