News Portal

  • गण्डकी प्रदेशको मुख्यमन्त्रीमा एमालेका खगराज अधिकारी नियुक्त

    जनगर्जन २०८० चैत्र २५
    ३७ पटक

    चैत्र २५, पोखरा । गण्डकी प्रदेशको मुख्यमन्त्रीमा नेकपा एमालेका नेता खगराज अधिकारी नियुक्त भएका छन् । गण्डकी प्रदेश, प्रदेश प्रमुख डिल्लीराज भट्टले अधिकारीलाई आइतबार मुख्मन्त्रीमा नियुक्त गरेका हुन । अधिकारी एमाले गण्डकी प्रदेश संसदीय दलका नेता हुन् ।

    नवनियुक्त मन्त्री अधिकारीले आइतबार बिहान एमालेका २२, माओवादी केन्द्रका सभामुखसहित ८ र स्वतन्त्र सांसद राजीव गुरुङ गरी ३१ जना सांसदको समर्थन पत्रसहित मुख्यमनत्रीको दाबी प्रदेश प्रमुख समक्ष पेश गरेका थिए ।

    सपथ ग्रहण आजै साढे तीन बजे राखिएको प्रदेश प्रमुख कार्यलयका प्रवक्ता चण्डीप्रसाद अर्यालले जानकारी दिए । यता नेपाली कांग्रेसका नेताहरु अधिकारीको मुख्यमन्त्रीको दाबी असंवैधानिक भएको भन्दै प्रदेश प्रमुखकोमा पुगे पनि नियुक्ति रोकिएन ।

    प्रतिकृया दिनुहोस्