News Portal

  • विप्लव सी लाई कैलालीको लम्कीमा भब्य स्वागत

    जनगर्जन २०८० चैत्र २३
    २१० पटक

    चैत्र २३ धनगढी । नेपाल कम्युनिष्ट पार्टीका महासचिव विप्लव सिलाई कैलालीको लम्कीमा भब्य स्वागत गरिएको छ ।

    नेपाल कम्युनिष्ट पार्टी पूर्वि कैलाली जिल्लाले महासचिव विप्लवलाई कैलालीको लम्कीमा भब्य स्वागत गरेको हो । युवा संगठन नेपालको पाचौं राष्ट्रिय सम्मेलनका लागी कैलाली आईपुग्नु भएका महासचिव विप्लबलाई कैलालीको लम्कीमा स्थानीय नेता कार्यकर्तहरुले भब्य स्वागत गरेको पूर्वी कैलाली जिल्ला सचिव दिल बहादुर सिले जानकारी गराए ।

    भोली चैत्र २४ गते धनगढीमा हुने युवा संगठन नेपालको पाँचौँ राष्ट्रिय सम्मेलनको उद्घाटनका लागी महासचिव विप्लव कैलालीको धनगढी आउने क्रम्मा लम्कीमा स्वागत गरिएको उनले बताए । नेपाल कम्युनिष्ट पार्टी पूर्वी कैलाली जिल्लाका सचिव दिल बहादुर सिले भोली चैत २४ गते धनगढीमा हुने युवा संगठन नेपालको पाचौ राष्ट्रिय सम्मेलनका लागी आउनु भएका महासचिव विप्लव सिलाई सम्मान गरिएको जानकारी गराए ।

    प्रतिकृया दिनुहोस्