News Portal

मेयर बालेन शाहको चरित्र हत्या आरोपमा कर्मचारी पक्राउ

जनगर्जन २०८० चैत्र २२
२१० पटक

२२ चैत काठमाडौं। मेयर बालेन शाहको चरित्र हत्या गरेको आरोपमा काठमाडौं महानगरपालिकाका एक कर्मचारी पक्राउ परेका छन् । प्रहरीको साइबर ब्युरोले महानगरपालिकाको स्वास्थ्य विभागमा कार्यरत रामप्रसाद पौडेललाई पक्राउ गरेको हो ।

उनले काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले एक अर्ब रुपैयाँ खाएको आरोप लगाउँदै सामाजिक सञ्जालमा लेखेका आधारमा साईबर अपराधमा मुद्धा चलाइएको थियो ।

उनीविरुद्ध जिल्ला अदालतमा साइबर अपराधसम्बन्धी मुद्दा दायर भएको छ । पौडेललाई मेयर बालेनले निलम्बन गरेका थिए ।

प्रतिकृया दिनुहोस्