News Portal

  • प्रहरी नियन्त्रणमा पुगेका गायक राजेश पायल राई छुटे

    जनगर्जन २०८० चैत्र २२
    ७० पटक

    २२ चैत, काठमाडौं । मदिरा सेवन गरेर होहल्ला गरेको आरोपमा बुधबार राति पक्राउ परेका राईलाई बिहीबार छाडिएको छ।

    प्रहरी वृत्त नयाँ बानेश्वरका डीएसपी शिवराज बुढाथोलीले राईसहित ८ जनालाई छाडिएको बताए ।

    राजेश पायल राई सहित तीन जनालाई मदन भण्डारी कलेज अगाडिबाट हो हल्ला गरिरहेको अबस्थामा प्रहरीले पक्राउ गरेको थियो ।

    बानेश्वर वृत्तले पक्राउ गरेका राईसहित ३ र अन्य ठाउँबाट पक्राउ परेका ५ जना गरी ८ जनालाई नै छाडिएको बताए । पक्राउ परेका आठै जनालाई सम्झाई बुझाई गरी आफन्तको जिम्मा लगाइएको प्रहरीले जनाएको छ ।

    प्रतिकृया दिनुहोस्