News Portal

चिरई खोलाको ठेक्कामा वडा अध्यक्षको लगानी, मिलेमतोमा दोहन

जनगर्जन संवाददाता२०८२ बैशाख ६
२३८ पटक

कपिलवस्तु जिल्लाको बिजय नगरगाउँपालिका चिरई खोलामा बजेट विनियोजन तथा दोहनको विषयमा मिलेमतोको आरोप लाग्दै आएको छ। स्थानीय स्रोतहरूका अनुसार खोलाको दोहनको लागि गरिएको ठेक्कामा सोही वडाका अध्यक्षको प्रत्यक्ष वा अप्रत्यक्ष लगानी रहेको खुलेको छ।

नदिजन्य सामाग्री उत्खननमा वडा नं. ५ का वडा अध्यक्ष अनवर मोहम्मद मुसलमानको शेयरसमेत रहेको स्रोतले जनाएको छ ।उनी आफु नदेखिएर आफ्नो भाइ मार्फत सेटिग मिलाएका छन । स्रोतका अनुसार ठेक्का पाएको कम्पनी श्याम एण्ड सन्स निर्माण सेवा महाराजगन्ज पाएको हो ।
स्थानीय बासिन्दाले आरोप लगाएका छन् कि खोलाबाट ढुंगा, बालुवा, गिटीको अत्यधिक दोहन भइरहेको छ जसले वातावरणीय सन्तुलनमा असर पुर्याइरहेको छ। “हामीले खोलाको अवस्था बिग्रिएको बारम्बार देखिरहेका छौं, तर सम्बन्धित निकाय मौन छ,” एक स्थानीयले बताए।

उक्त ठेक्कामा अध्यक्ष आफैंको लगानी रहेको भन्दै ठेक्का प्रक्रियामा निष्पक्षता नभएको आरोप लागेको छ। यद्यपि अध्यक्षले भने आफूमाथि लागेको आरोप अस्वीकार गर्दै सबै प्रक्रिया कानुनी रूपमा भएको दाबी गरेका छन्।

स्थानीयले प्रहरी, प्रशासन, जनप्रतिनिधि र ठेकेदारहरुको मिलेमतोमा नै नदी दोहन भइरहेको आरोप लगाएका छन । ठेकेदारले राज्यको सम्पत्ति दोहन गर्नुमा स्थानीय पालिका नै दोषी भन्दै स्थानिय आक्रोसित छन । केही दिन अगाडी मनोमानी ढंगले नदीजन्य पदार्थ निकासी भएछि विरोध जनाउँदै नदी दोहन रोक्न पालिकाममा निवेदन समेत दिएका थिए

यस प्रकरणले स्थानीय तहमा पारदर्शिताको अभाव र जनप्रतिनिधिहरूको मिलेमतोबारे गम्भीर प्रश्न उठाएको छ। सरोकारवाला निकायले अनुसन्धान गरी सत्यतथ्य बाहिर ल्याउनुपर्ने माग गरेका छन।

प्रतिकृया दिनुहोस्