News Portal

पूर्वराजा ज्ञानेन्द्रलाई प्रचण्डको चेतावनी: ‘इतिहास फर्काउने दुस्साहस नगर्नू’

जनगर्जन संवाददाता२०८१ चैत्र १५
१३२ पटक

काठमाडौं – नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले पूर्वराजा ज्ञानेन्द्र शाहलाई इतिहास फर्काउने दुस्साहस नगर्न चेतावनी दिएका छन्। उनले राजावादीहरुको हालैको प्रदर्शनलाई अराजकताको पराकाष्ठा भएको भन्दै कडा आलोचना गरेका छन्।

समाजवादी मोर्चाको विरोध सभामा बोल्दै प्रचण्डले गणतन्त्र नेपाली जनताको साझा उपलब्धि भएकाले त्यसलाई उल्ट्याउने प्रयास अस्वीकार्य हुने स्पष्ट पारे। उनले राजावादी शक्तिहरू अशान्ति मच्चाउने षड्यन्त्रमा लागेको आरोप लगाउँदै नेपाली जनता र राजनीतिक दलहरू सचेत रहनुपर्ने बताए।

‘हामीले निरंकुश सामन्ती व्यवस्थालाई परास्त गरिसकेका छौं। अब कसैले पनि इतिहास फर्काउने दुस्साहस नगर्न,’ उनले भने।

प्रतिकृया दिनुहोस्