News Portal

  • बागलुङमा अटोरिक्सा दुर्घटना ५ जना घाइते

    जनगर्जन २०८० चैत्र १९
    ५७ पटक

    चैत्र १९,बागलुङ । बागलुङमा अटो रिक्सा दुर्घटना हुँदा पाँच जना घाईते भएका छन् । सदरमुकाम बागलुङ बजारदेखि दोविल्ला तर्फ जाँदै गरेको ध १ ह ७५ नम्बरको अटोरिक्सा बागलुङ नगरपालिका-३ रातमाटामा दुर्घटना हुँदा अटोमा सवार ५ जना यात्रु घाइते भएका प्रहरीले जनाएको छ ।

    दुर्घटनामा परी बागलुङ नगरपालिका-३ तातोपानी बस्ने बर्ष ४५ की रेवती किसान, वर्ष २४ की सम्झना किसान, वर्ष ५ की साचि किसान, वर्ष ६८ का रोहिणिदत्त शर्मा र कास्की जिल्लाको मादी गाउँपालिका-१२ बस्ने वर्ष ४८ का सन्त बहादुर परियार रहेको सुचना अधिकारी केसीले जानकारी दिएका छन । अटो रिक्सा चालक भने फरार रहेको छन चालकको खोजीकार्य जारी रहेको प्रहरीले जनाएको छ ।

    घाइतेहरुको धौलागिरी प्रादेशिक अस्पतालमा उपचार भइरहेको छ । घाइते मध्ये २ जना पुरुषको अवस्था गम्भीर रहेको अस्पताल स्रोतले जनाएको छ ।

    सदरमुकाम देखि मध्य पहाडी राजमार्ग हुँदै पश्चिम तर्फ जाँदै गर्दा अनियन्त्रित भइ दुर्घटना भएको घटनास्थलका प्रहरीलाई उद्धृत गर्दै जिल्ला प्रहरी कार्यालय बागलुङका सुचना अधिकारी दिपक बाबू केसीले बताए ।

    प्रतिकृया दिनुहोस्