News Portal

  • कास्कीको भदौरेमा जीप दुर्घटना हुँदा १२ जना घाइते

    विष्णु विश्वकर्मा२०८० चैत्र १८
    ७३ पटक

    चैत्र १८ काठमाडौ । पोखराबाट भदौरेतर्फ जादै गरेको ग १ ज ५५४७ नम्बरको जीप दिउँसो साढे ३ बजे अन्नपूर्ण गाउँपालिका–४ सल्लाघारीमा दुर्घटना भएको हो ।दुर्घटनामा १२ जना घाइते भएका छन्

    दुर्घटनास्थलबाट १२ जना घाइतेको उद्धार गरि ९ जनालाई अस्पताल पु¥याइएको छ भने ‘३ जनाको उद्धार गरेर बाटोमा ल्याइदैछ ।
    उद्दार गरि ल्याईएको मध्ये ५ जनाको पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान (पश्चिमाञ्चल क्षेत्रीय अस्पताल) र ४ जनाको मणिपाल शिक्षण अस्पतालमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय कास्कीका प्रहरी निरीक्षक सूर्यबहादुर रानाले जानकारी दिएका छन ।

    घटनास्थलमा उद्धार जारी छ’, निरीक्षक रानाले भने । दुर्घटनास्थल भीरमा भएकाले कति यात्रु सवार थिए भन्ने कुरा यकिन नभएकाले खोजी जारी रहेको उनको भनाइ छ ।

    प्रतिकृया दिनुहोस्