News Portal

  • होलीमा कर्णाली पुलबाट हाम फाल्ने युवक मृत फेला

    जनगर्जन २०८० चैत्र १५
    ५१ पटक

    चैत्र १५,काठमाडौँ । होलीको दिन कैलालीको चिसापानी पुलबाट कर्णाली नदीमा हाम फाल्दा बेपत्ता भएका कैलाली लम्की–चुहा नगरपालिका–३ का ३० वर्षीय लोकेन्द्र शाही आज मृत फेला परेका हुन् ।

    गत सोमबार दिउँसो कर्णाली पुलबाट हाम फालेका शाहीको शव बिहीबार टिकापुर–२ संकटी घाटमा दुर्घटनास्थलबाट करिब १५ किलोमिटर तल भेटिएको एसपी पदम विष्टले जानकारी दिए ।

    घटनालगत्तै नेपाल प्रहरी र सशस्त्र प्रहरी बलको टोलीले बेपत्ता शाहीको खोजी थालेको थियो । उनको खोजीका लागि सशस्त्र प्रहरीको वैद्यनाथ बाहिनी अत्तरियाबाट सातजनाको गोताखोर टोली परिचालन गरिएको थियो।

    पुलबाट हाम फालेका १७ जनामध्ये शाही मात्र नदीमा डुबेर बेपत्ता भएका थिए । हाम फाल्ने अन्य व्यक्ति पौडी खेलेर बाहिर निस्केका थिए । पुलबाट हाफ फाल्नुअघि उनीहरूले चिसापानीमा मदिरा सेवन गरेको खुलेको प्रहरीले जनाएको छ ।

    उक्त घटनाबारे अनुसन्धान गर्न पुलबाट हाम फाल्ने आठ जनालाई नियन्त्रणमा लिएर प्रहरीले सोधपुछ गरेको थियो

    प्रतिकृया दिनुहोस्