News Portal

  • चराको बथानको कारण अवतरण हुन सकेन यति को जहाज

    जनगर्जन संवाददाता२०८० चैत्र ११
    ७० पटक

    चैत्र ११, काठमाडौ । अन्तर्राष्ट्रिय विमानस्थल पोखरामा चराको बथानै आएपछि आईतवार विहानदेखि नै उडान-अवतरण प्रभावित भएको छ । वायु सेवा कम्पनीहरूका अनुसार आइतबार बिहान चराको गतिविधिका कारण विमानस्थल बन्द रहेको हो ।

    यती एयरलाइन्सको काठमाडौं–पोखरा रुटको ६७३ जहाज चराको गतिविधिका कारण पोखरामा अवतरण गर्न नसकी १ घण्टापछि फिर्ता भई काठमाडौंमा नै अवतरण गरेको थियो ।यतीकै पोखरा-काठमाडौं रुटको ६९० जहाज चराको गतिविधि बढेसँगै ‘डिले’ भएको जनाएको छ ।

    बुद्ध एयरका उडानहरू पनि प्रभावित बनेका छन् । चराको गतिविधिका कारण बिहान १० बजेपछि पनि विमानस्थल खुल्ने र बन्द हुने क्रम जारी छ । बिहान साढे ११ बजे केहीबेर खुलेको विमानस्थल अहिले फेरि बन्द भएको छ ।

    प्रतिकृया दिनुहोस्