News Portal

समाजवादी मोर्चाको बैठक बस्दै

जनगर्जन संवाददाता२०८० चैत्र ११
१६८ पटक

चैत्र १०, काठमाडौँ । आज अपरान्ह प्रधानमन्त्री निवास वालुवाटरमा समाजवादी मोर्चा नेपालको बैठक बस्ने भएको छ । मोर्चाका संयोजक तथा नेपाल कम्युनिस्ट पार्टीका महासचिव विप्लव सीको अध्यक्षतामा समाजवादी मोर्चा नेपालको शिर्षथ नेताहरुसहित सचिवालयको बैठक बस्ने बताइएको छ ।

स्मरणीय छ, गत असार ४ गते सोमबार नेपाल कम्युनिस्ट पार्टीका महासचिव विप्लव सी, नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड, एकीकृत समाजवादीका अध्यक्ष माधव नेपाल, जसपाका अध्यक्ष उपेन्द्र यादवले हस्ताक्षर गरेर समाजवादी मोर्चा नेपाल गठन गरेका थिए भने गत फागुन ६ गते, आईतवार नेपाल कम्युनिस्ट पार्टीका महासचिव विप्लव सी, नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड, एकीकृत समाजवादीका अध्यक्ष माधव नेपाल र जसपाका अध्यक्ष उपेन्द्र यादव सहभागी बैठकले महासचिव विप्लव सीलाई समाजवादी मोर्चा नेपालको संयोजक तोकेको थियो ।

उक्त मोर्चाको सचिवालयमा नेपाल कम्युनिस्ट पार्टीका प्रबक्ता प्रकाण्ड सी, नेकपा माओवादी केन्द्रका महासचिव देव गुरुङ, नेकपा समाजवादी पार्टीका उपाध्यक्ष प्रमेश हमाल र जनता समाजवादी पार्टीका नेता राजेन्द्र श्रेष्ठ रहेका छन् ।

प्रतिकृया दिनुहोस्