News Portal

  • बालुवाटारमा समाजवादी मोर्चाको बैठक बस्दै

    विष्णु विश्वकर्मा२०८० चैत्र ९
    ६७ पटक

    चैत ९,काठमाडौँ । प्रधानमन्त्री निवास बालुवाटारमा समाजवादी मोर्चाको बैठक बसिरहेको छ । बैठकमा पछिल्लो राजनीतिक अवस्था र मोर्चाका गतिविधिबारे छलफल भएको बुझिएको छ।

    प्रधानमन्त्री निवास बालुवाटारमा केहीबेर अघिबाट बैठक बसिरहेको प्रधानमन्त्रीका प्रेस सल्लाहकार गोविन्द आचार्यले जानकारी दिए । ‘समाजवादी मोर्चाका नेताहरू आउनुभएको छ । बैठक बसिरहेको छ’, आचार्यको भनाइ छ ।

    मोर्चामा नेकपा माओवादी केन्द्र, जनता समाजवादी पार्टी (जसपा), नेकपा एकीकृत समाजवादी र नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी सहभागी छन् । विप्लवले हाल मोर्चाको नेतृत्व गरिरहेका छन् । बिहीबार बेलुका मात्रै नेता विप्लवले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीसँग भेटेर छलफल गरेका थिए ।

    प्रतिकृया दिनुहोस्