News Portal

  • निसीखोला बस दुर्घटनाप्रति प्रधानमन्त्रीद्वारा दुःख व्यक्त

    जनगर्जन संवाददाता२०८० चैत्र ६
    ३३ पटक

    चैत ५,काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले रुकुम पश्चिमबाट काठमाडौँ आउँदै गरेको यात्रुवाहक बस बाग्लुङको निसीखोलामा दुर्घटना भई नौ जनाको मृत्यु र २८ जना यात्रु घाइते भएकामा दुःख व्यक्त गरेका छन् ।

    प्रधानमन्त्री प्रचण्डले सामाजिक सञ्जालमार्फत दुर्घटनामा ज्यान गुमाउने सम्पूर्ण यात्रुहरूमा भावपूर्ण श्रद्धाञ्जलि अर्पण गर्दै परिवारमा गहिरो समवेदना प्रकट गरेका छन् । उनले घाइतेहरूको शीघ्र स्वास्थ्य लाभको कामना गर्दै उद्धार र उपचारलाई प्रभावकारी बनाउन प्रशासन संयन्त्रलाई निर्देशन समेत दिएका छन् ।

    साथै प्रधानन्त्री प्रचण्डले बारम्बार भइरहेका सवारी दुर्घटनाबाट शिक्षा लिँदै दुर्घटना कम गर्न सकिने उपायहरूसहित आवश्यक योजना निर्माण गर्न अनुरोध गरेका छन् ।

    प्रतिकृया दिनुहोस्