News Portal

  • भैरहवा ल्याइएका दीपेश इप्रका बुटवलको हिरासतमा

    सुप्रिम सहकारीको एक अर्बभन्दा बढीको ठगीमा संलग्नताबारे अनुसन्धान हुने

    जनगर्जन संवाददाता२०८० चैत्र ३
    ५९ पटक

    काठमाडौं । काठमाडौंबाट पक्राउ गरिएका दीपेश पुनलाई बुटवल ल्याइएको छ । पूर्वउपराष्ट्रपति नन्दबहादुर पुनका छोरा दीपेशलाई प्रहरी प्रधान कार्यालयले पक्राउ गरी विमानमा रुपन्देहीको बुटवल ल्याइएको हो ।

    अहिले उनलाई इलाका प्रहरी कार्यालय बुटवलको हिरासतमा राखिएको छ । सुप्रिम सहकारीको एक अर्बभन्दा बढीको ठगीमा संलग्नताबारे अनुसन्धान गर्न उनलाई बुटवल ल्याइएको हो ।

    गितेन्द्रबाबु (जीबी) राईले रुपन्देहीमा सञ्चालन गरेको सुप्रिम सहकारीले ठगी गरेको भन्दै बचतकर्ताले निकैअघि जाहेरी दिएका थिए । जिल्ला प्रहरी कार्यालय रुपन्देहीमा सहकारीका संचालकले १० हजार ३९१ बचतकर्ताको एक अर्ब सात करोड ८२ लाख ६७ हजार ७२९ रुपैयाँ हिनामिना गरेको उजुरी परेको छ ।

    दीपेश उक्त सहकारीका पूर्वकोषाध्यक्ष हुन् । उनी समेतको संलग्नतामा बचतकर्ताको रकम हिनामिना भएको पाइएपछि जिल्ला अदालत रुपन्देहीले पक्राउ पूर्जी जारी गरेको थियो ।

    सुप्रिम सहकारीका हालका अध्यक्ष ओमप्रकाश गुरुङ र भैरहवा शाखाका व्यवस्थापक दुर्गा चापागाई पाण्डे यसअघि नै पक्राउ परिसकेका छन् ।

    प्रतिकृया दिनुहोस्