News Portal

  • नेकपा महासचिव विप्लव नाग्मको जनसभालाई सम्बोधन गर्दैै

    जनगर्जन संवाददाता२०८० फाल्गुण २८
    ५१ पटक

    कर्ण विश्वकर्मा
    कालिकोट । नेपाल कम्युनिष्ट पार्टीका महासचिव विप्लवले आज कालिकोट र जुम्ला जिल्लाको सीमा क्षेत्र नाग्मबजारमा आयोजित जनसभालाई सम्बोधन गर्दैछन ।

    केही समय पछि सुरु हुने जनसभालाई महासचिव विप्लवले सम्बोधन गर्ने नेकपाका केन्द्रीय सदस्य तथा कालिकोट जिल्ला इन्चार्ज बलवान सीले जानकारी दिए ।

    महासचिव विप्लवसंगै नेकपाका स्थायी समिति सदस्य भरत सी,पोलिट व्यूरो सदस्य आदर्श सी,असल सी लगायतका नेताहरु पनि जनसभामा सहभागी हुदैछन । नेकपाका महासचिव विप्लव आत्मनिर्भर उत्पादनको नीति अनुसार जुम्लाको हाडुल्ले र कालिकोटको फोई स्थित रावतवाडामा स्याउ रोपनका लागि पुगेका थिए ।

    उनले फागनु २५ र २६ गते हाडुल्ले लेकमा १ हजार र फागुन २७ गते रावतवाडामा करिव ५ सय स्याउका विरुवाहरु रोप्ने काम सकेका छन । उत्पादको कामलाई सकेपछि महासचिव विप्लव अव केही राजनीतिक कार्यक्रममा सहभागी हुदैछन । नाग्मको जनसभालाई सम्बोधन गरेपछि महासचिव विप्लव आजै कालिकोटको मान्मतिर फर्किने नेकपाले जनाएको छ ।

    महासचिव विप्लवले पश्चिम कालिकोटको कुमालगाउँमा आयोजना गरिएको युवा संगठन नेपालको चौथौं जिल्ला सम्मेलनलाई फागुन ३० गते सम्बोधन गर्नेछन । महासचिव विप्लव त्यसपछि काठमाडौंमा फर्किने नेकपाका मध्यकर्णाली व्यूरो इन्चार्ज विवेक सीले जानकारी दिएका छन ।

    प्रतिकृया दिनुहोस्