News Portal

  • सेना दिवस ,सैनीक मुख्यालयमा अमेरिकन सेनाको ओइरो

    जनगर्जन संवाददाता२०८० फाल्गुण १५
    ४३ पटक

    काठमाडौं – एमसीसी परियोजना पारित भएसँगै नेपाली सेनाभित्र अमेरिकी प्रभाव आम नागरिकले बोध गर्नेगरी तिब्र भएको छ ।

    नेकपाका महासचिव विप्लव सीले नेपाली सेनाको नेतृत्वले सरकारसँग औपचारिकता पूरा गर्ने तर अमेरिकी कूटनीतिज्ञको योजनाप्रति बफादार भएर काम गरिरहेको आरोप लगाएका छन् । विप्लव सीले सोमबार काठमाडाेैँ बुद्धनगरस्थित पार्टी सम्पर्क कार्यालयमा सम्पन्न उपलब्ध केन्द्रीय समितिको सदस्यहरूको आकस्मिक बैठकमा सो कुरा बताएका हुन् ।

    केही दिन अघि अमेरिकी कुटनीतिज्ञहरु, सैनिक मुख्यालयमा नै पुगेर नेपाली सेनालाई अर्ति उपदेश दिएका थिए । अमेरिकासहित विदेशी सेनासँग काभ्रेको पाँचखाल र अन्य भूभागमा हुने गरेकोमा यो वर्ष सैनिक मुख्यालय, भद्रकालीमा सैन्य अभ्यास भएको छ ।

    सैनिक मुख्यालय हाताभित्र विदेशी सेनाको सहज पहुँचलाई शान्ति सुरक्षामा खतरा मानिएको छ ।

    प्रतिकृया दिनुहोस्