News Portal

  • बेपत्ता भनिएका नेकपाका नेता दिपकलाई प्रहरीले गरे सार्वजनिक

    जनगर्जन संवाददाता
    ३३० पटक

    काठमाडौँ ।  बेपत्ता भनिएका नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीका काठमाडौँ महानगर सेक्रेटरीलाई प्रहरीले पक्राउ गरेको छ । काठमाडौँ महानगरपालिका–१७ ठहिटी घर भएका दीपक मानन्धरलाई पक्राउ गरिएको उपत्यका अपराध अनुसन्धान कार्यालयका एसएसपी डा. मनोज केसीले बताए ।

    ५२ वर्षीय मानन्धर नेकपा निकट नेवा मुक्ती मोर्चाका काठमाडौँ जिल्ला अध्यक्ष पनि हुन् । रातोपुल स्थित ‘एनआरके जिमहल’ बन्द गराएको आरोपमा उनलाई पक्राउ गरिएको एसएसपी केसीले जानकारी दिए । जिमहलमा विवाद भएको भन्दै मानन्धरले आफ्नो पार्टीको ‘पीडित र न्याय विभागमा सम्पर्क गर्नुहोला’ भनेर सूचना टाँस गरेका थिए ।

    deepak ....

    जिमहलको विवाद मिलाउने अधिकार राजनीतिक दललाई नभएको र उनले आपराधिक लाभ लिने गरी जिमहल बन्द गराएको आरोप छ । उनीविरुद्ध प्रहरीले ‘आपराधिक लाभ लिन नहुने कसुर’मा अनुसन्धान गरिरहेको छ ।

     

    प्रतिकृया दिनुहोस्