News Portal

  • रास्वपाले ‘मोबाइल क्लिनिक’ चलाएको एम्बुलेन्स फिर्ता

    जनगर्जन संवाददाता
    १२९ पटक

    काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीले चितवनमा सञ्चालनमा ल्याएको ना २ ख ५६१९ नम्बरको एम्बुलेन्स पुरानो मेडिकल कलेज भरतपुरलाई नै फिर्ता गरेको छ ।

    रास्वपा सभापति रवि लामिछाने चितवन क्षेत्र नं. २ बाट विजयी भएको सय दिन पुगेको अवसरमा पुरानो मेडिकल कलेजको एम्बुलेन्सलाई निलो रंग लगाएर यही १७ साउनदेखि ‘मोबाइल क्लिनिक’ सन्चालनमा ल्याएको घोषणा गरेका थिए । गैरकानुनीरूपमा रङ परिवर्तन गरेको र ‘एम्बुलेन्स’ लेखेको मेटाएर ‘मोबाइल क्लिनिक’ लेखेको भन्दै विवादमा परेको थियो ।

    उक्त एम्बुलेन्स भारतीय दूतावासले आजभन्दा ११ वर्ष अगाडि चितवनको कलेजलाई दिएको थियो । लामो समयदेखि नवीकरणसमेत नगरिएको ना २ ख ५६१९ नम्बरको सेतो रंगको एम्बुलेन्स गत साउन १४ गते जरिवाना तिरेर नवीकरण गरिएको थियो ।

    प्रतिकृया दिनुहोस्