News Portal

  • अखिल नेपाल जनसांस्कृतिक महासङ्घ उपत्यका ब्युरोको प्रथम भेला सम्मपन्न

    जनगर्जन संवाददाता
    २६८ पटक

    अखिल नेपाल जनसांस्कृतिक महासङ्घ उपत्यका ब्युरोको प्रथम भेला सम्मपन्न भएको छ । अखिल नेपाल जनसांस्कृतिक महासङ्घले देशभर जिल्ला , ब्युरो भेलाहरु पार्टी ब्युरो जिल्ला संगरचना अनुसार गर्दै आईहरेको छ । जस अनुसार आज उपत्यका ब्युरोको प्रथम भेला गरेको छ ।

    काठमाडौं कपुरधारमा सम्मपन्न भेलाले क. प्रतिबद्ध सीको संयोजकत्वमा ३ जना पछि थप्ने गरी १७ सदस्यीय रहने गरि कमिटी गठन गरेको छ । प्रथम भेलाको प्रमुख अतिथि नेकपाको पोलिट ब्युरो सदस्य तथा महासङ्घका केन्द्रीय अध्यक्ष माइला सी ,नेकपा पोलिट ब्युरो सदस्य तथा उपत्यका ब्युरो इन्चार्ज कृति सीको विशेष उपस्तिथिमा सम्मपन्न भेलामा अथिहरुमा महासङ्घका केन्द्रीय महासचिव कुशल सी , कोषाध्यक्ष , विवेक सी, लेखक संघको केन्द्रीय महासचिव मुक्तान सी लगाएका अथितिहरुको उपस्थित रहेको थियो ।

    भेला लाई सम्बोधन गर्दै माईला सीले पुंजिवादी संस्कृतका विरुद्ध जनवादी संस्कृतले जवर जस्ति हस्तक्षेप गरेर भए पनि अघाडि वढ्नु पर्ने अवस्था श्रृर्जना भएको धारण राख्नु भयो । साम्राज्यवादी संस्कृतिले एक पछि अर्को जनतामा भर्म श्रृजना गरेकोले समाजमा विसंगति मौलाएको छ । हामी प्रगतिशील लेखक कलाकार , साहित्यकार, कलाकारहरुले आफुलाई सुढृड गर्दै विकृतिको भण्डाफोर गर्दैं जानू पर्ने कुरामा जोड दिनु भएको थियो । त्यसै गरि भेलालाई शुभकामना दिदैं ब्युरो इन्चार्ज कृति सीले अहिले पार्टीले अगाडि सारेको सी संस्कृतिकाबारेमा जनताका स्थापित गर्ने मुख्य भुमिका जनसंस्कृति कर्मिहरुको हुने भएकाले त्यो भुमिका निर्वाहा गर्ने गरि संगठन लाग्ने नेतृत्व निर्वाचित हुने कुरामा पार्टीले आसागरेको धारणा राख्नु भयो यसै गरि भेला लाई महासङ्घका महासचिब कुशल सी, कोषाध्यक्ष विवेक सी लेखक संङ्घका महासचिव मुक्तान सी लगाएका अथिले शुभकामना दिनु भएको थियो भने भेलाको अध्यक्ष प्रतिबद्ध सीले गर्नु भएको थियो ।

    प्रतिकृया दिनुहोस्