News Portal

  • धोकेबाज’ गीतबारे शिव परियारको स्पष्टीकरण : चोरेर गाएको होइन, विवाद निकालियो

    जनगर्जन संवाददाता
    १६२ पटक

    जनगर्जन
    काठमाडौंं। पछिल्लो समय भाइरल भएको गीत ‘धोकेबाज हौ तिमी’ लाई लिएर विवादमा तानिएपछि गायक शिव परियारले आफ्नो सामाजिक सञ्जालमार्फत स्पष्टीकरण दिएका छन्।

    उनले ‘धोकेबाज’ गीत आफूले चोरेर गाएको नभएकाले आफूलाई गालीगलौज नगर्न अनुरोध गरेका छन्।

    उनले गीतको आधिकारिक स्रष्टा र सङ्गीतकार सुवास कार्की भएको र कुनै पनि गीतमा स्वर दिने गायक–गायिका नै उक्त गीतको आधिकारिक र ओर्जिनल गायक गायिका हुने कुरा आफ्नो स्टाट्समा उल्लेख गरेका छन्।

    एक अन्तरवार्तामा परियारले ‘धोकेबाज’ गीत बारे दिएको अभिव्यक्तिका कारण उनी विवादमा तानिएका हुन।

    उनले दिएको उक्त अन्तर्वार्तापछि दर्शकले ‘धोकेबाज’ गीतको क्रेडिट आफूले लिन खोजेको बताउँदै उनलाई आलोचना गर्न थालेका हुन।

    ‘धोकेबाज’ गीतको मेल भर्जन परियारले नै गाएका हुन । तर भाइरल भने फिमेल भर्जनमा रेर्कड गरिएको गायिका एलिना चौहानले गाएको गीत भएको हो। मेल, फिमेल र चाईल्ड भर्जन गरी करिब एक वर्ष अगाडी गाइएको यो गीतले अहिले एकाएक चर्चा पाएपछि गायिका एलिना चौहानको चौतर्फी वाहवाही हुन थालेको हो।

    उनको स्टाट्स–

    धोकेबाज हौ तिमी गीतका बारेमा पछिल्लो समय मिडियामा आएका बनिबनाउ प्रहारपूर्ण समाचारका सम्बन्धमा मेरो आधिकारिक बिचार–पहिला कसले गाएको ? र पछि कसले गाएको ? भन्ने बनी बनाऊँ कन्ट्रोभर्सीयल खबरबाट मेरा सबै जना प्रिय शुभचिन्तकहरू कृपया सावधान र सतर्क रहिदिन विनम्र अनुरोध गर्दछु।

    ‘धोकेबाज हौ तिमी’ गीत यस गीतका आधिकारिक स्रष्टा र सङ्गीतकार सुवास कार्कीजीले आधिकारिक रूपमा मेल ,फिमेल र चाईल्ड तीन वटा भर्सनमा यो गीत बजारमा अफिसियल रेकर्डिङ्ग र प्रकाशन गर्नु भएको हो। यसमा स्वर दिने कुनै पनि गायक–गायिकाले यो गीत मेरो मात्र हो र अरूको होइन भन्ने अभिव्यक्ति कतै लेखेको वा दिएको अवस्था पनि होइन र छैन ।

    चोरी चकारी वा कभर गरेर हामी कसैले गाएको पनि हैनौँ । यस गीतलाई मेल, फिमेल र चाईल्ड यी तीनै भर्जनमा आफ्नो स्वर दिएर गाउँने गायक–गायिका नै यस गीतका आधिकारिक र ओर्जिनल गायक गायिका हुन । यो विषयमा कुनै बिबाद गर्नु पर्ने आधार वा आवश्यकता मैले देखेको छैन । आधिकारिक रूपमा स्पष्ट पार्दछु ।

    यति सहज र सरल विषयमा कुरा बुझेर अनि जानेर पनि बुझ पचाएर प्रहार गर्ने उद्देश्यले यो अप्राकृतिक कन्ट्रोभर्सी आकर्षित देखिन्छ।

    यो वास्तविकता देखि सतर्क र सावधान भइदिन र यस्ता हल्लाका पछि नदौडिन अनि कुरा नबुझी गाली गलौचको भाषा प्रयोग गरेर कमेण्ट गर्न हतार नगरौँ । मेरा समस्त प्रिय शुभचिन्तकहरूमा अनुरोध गर्दछु।

    प्रतिकृया दिनुहोस्